नवीनको नयाँ एल्बम सार्वजनिक, राजुले नचाए जादूगरले हँसाए

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७२, आईतवार

काठमाडौं । मौलिक लोकसंस्कृतिका भाकाहरुलाई पछ्याउँदै आएका गायक नवीन पौडेलले आफ्नो नयाँ एल्बम ‘हरेक जातजाती छौ नानाथरी’ सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले उक्त एल्बमको सार्वजनिक गरेका हुन् । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव कुमार नेपालको हातबाट ‘हरेक जातजाती छौ नानाथरी’ को सार्वजनिक गरिएको हो । उक्त विमोचन कार्यक्रममा नेपाली कांग्रेसका चन्द्र भण्डारी, सभासद्, मन्त्री, कला क्षेत्रका विशिष्ठ व्यक्तिको उपस्थिति रहेको थियो ।
राष्ट्रिय लोकसंचारकर्मी नेपाल र कल्चर क्रियशन नेपालको आयोजनामा भएको उक्त विमोचन कार्यक्रम गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएको विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, रेडियो नेपालका कार्यक्रम संचालक नरहरी न्यौपाने, कान्तिपुर साप्ताहिकका उपसम्पादक कृष्ण भट्टराई, लोकप्रिय कार्यक्रम ईन्द्रेणी कार्यक्रमका संञ्चालक कृष्ण कँडेल, पर्यटन व्यवसायी कुलचन्द्र न्यौपाने लगायतका विभिन्न व्यक्तित्वहरुलाई पौडेलले सम्मान गरेका थिए ।

navin poudel

यूवा पलायन भैदिए भने देश धान्ने कल्ले हो,
राज्यले बुझोस् यो देश धान्ने यूवाको बलले हो,
हरेक जातजाती छौ नानाथरी
मिलेर बसौ यहि जन्मभूमि छ स्वर्गसरी

नेपालमा पहिलो पटक संविधान सभाबाट नेपालको संविधान–२०७२ आएपनि आफ्ना हक, अधिकार र एजेन्डाहरु संविधानमा सम्बोधन नभएको भन्दै आन्दोलन चर्किरहेको बेलामा सामाजिक, सांस्कृतिक सद्भाव सहित एकता र विकासको सन्देश दिने उद्देश्यले ‘हरेक जातजाती छौ नानाथरी’ एल्बम बजारमा ल्याएको गायक नवीनले बताए । एल्बममा नवीन पौडेल र कल्पना खनालको स्वर रहेको छ भने गीतको शब्द र संगीत गायक पौडेलकै रहेको छ । एल्बमलाई कल्चर क्रियशन नेपालले बजार प्रबद्र्धन गरेको छ ।

chandra sharma

कार्यक्रममा भूमिसुधार मन्त्री दल बहादुर राना, सभासद, चन्द्र भण्डारी, वरिष्ठ लोक गायक तथा निर्देशक नारायण रायमाझी, लोक गायक एवं संगीत नाट्य प्रज्ञा परिषद्का प्राज्ञ दुर्गा रायमाझी, प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्मा, एनआरएन यूरोपका प्रमुख सोम सापकोटा, संगम पब्लिकेशनका अध्यक्ष एसपी सापकोटा लगायत सयौ विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

लोकदोहोरीको विमोचनमा ठूलो कार्यक्रम
लोकदोहोरीको गीतिसंग्रह विमोचन गरे पनि अहिलेसम्म यतिधेरै अतिथि बोलाएर कार्यक्रम गरिएको भने थिएन । सानो हलमा त्यो सीडीको कभर पनि नभइ विमोचन गर्ने गरेका कलाकारहरुको माझ नवीन पौडेल भने फरक देखिए । पौडेलले करिब ३ सय भन्दा बढी व्यक्तिहरुको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम विमोचन गरे । लोक, आधुनिक क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु, मन्त्री, सभासद् लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको आतिथ्यतामा नवीनले सामाजिक सद्भाव कायम गर्ने उद्देश्ले ‘हरेक जातजाती छौ नानाथरी’ बजारमा ल्याएका हुन् ।

navin program

lok dohori navin

राजुले नचाए जादूगरले हँसाए
नवीन पौडेलले ‘हरेक जातजाती छौ नानाथरी’ एल्बम विमोचन गर्दा विभिन्न सांस्कृतिक कार्यक्रम पनि देखाए । स्वागत नृत्यबाट कार्यक्रमको सुरुवात गरिएकोमा सत्यावती कलाकेन्द्रको मयुर नृत्य पनि प्रस्तुत गरियो भने गायक राजु परियारले गीत गाएर सबैलाई नचाउने काम गरे । राजु परियारले स्टेजमा चढेर गीत गाउँदै गर्दा गायिका मन्जु पौडेल र गायक हेमन्त शर्मालाई बोलाएर स्टेजमा नचाउन सफल भए । राजुले लोकदोहोरी गाउनेले स्केलको हिसाबमा हाइ स्केल र लोक स्केलमा गाउन सक्दैनन् भन्ने हल्लालाई पुष्टि गर्दै मन्द सप्तक र तार सप्तकमा गीत गाएर सुनाए । राजुको गायनलाई धेरैले तारिफ गरेका थिए । त्यस्तै जादूगर महादेव त्रिपाठीले जादू देखाउँदै हाँस्यव्यंग्य प्रस्तुत गरेर उपस्थित अतिथिहरुलाई हँसाए ।

navin poudel raju pariyar

jadugar

krishna bhattarai chandra group krishna kadel ishwari neupane mayur manju raju

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु