नवोदितमा रमेशराजले बबाल गरे

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०७०, आईतवार

काठमाडौं, २५ फागुन । गायक एवं संगीतकार रमेशराज भट्टराईले शनिबार नवोदितमा बबाल गरे । उनले सम्पूर्ण विद्यार्थी र अभिभावकका सामु बबाल गरेका हुन् । भट्टराईले आफ्नै गीतसंगीत र स्वरमा रहेको बबाल भो गीत गाएर बबाल गरेका हुन् । नवोदित विद्याकुञ्ज उच्च माध्यमिक विद्यालयले आफ्नो २१ वार्षिकोत्सवका अवसर पारेर आयोजना गरिएको अभिभावक दिवसका अवसरमा उपस्थिति अवसरमा रमेशराजले उक्त गीत प्रस्तुत गरेका हुन् ।
उक्त कार्यक्रममा नवोदितका हरेक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिँदै आएका गायक विरही कार्कीले भन्देउ के हो माया गीत प्रस्तुत गरेका थिए । आगामी फागुन २९ गते आफ्नो एकल साँझ नजिकिँदै गर्दा गायक कार्कीले आफ्नो प्रस्तुतिलाई अझ दह्रोका साथ प्रस्तुत गर्दै आएका हुन् । नवोदित विद्याकुञ्ज एवं कलेजका हरेक कार्यक्रममा आफ्नो सहभागिता जनाउँदै आएका गायक कार्कीका अलावा गायक राजु गुरुङ, गणेश गुरुङ, कला पंगेनी लगायतले पनि आ–आफ्नो गीत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा गायक एवं नृत्य निर्देशक शंकर बिसीको विशेष प्रस्तुति रहेको थियो भने नारायण डीसीको समूहले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा हाँस्य कवि शैलेन्द्र सिंखडाले महिलाहरुलाई व्यंग्य गर्दै कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्कुलका बालबालिकाहरुले नृत्य, गायन एवं फेसन शो लगायतका विभिन्न कार्यक्रमहरु प्रस्तुत गरी आफ्नो प्रतिभालाई उजागर गरेका थिए । २१ औं वार्षिकोत्सव मनाइरहँदा विगतदेखि वर्तमानसम्मका अनुभवहरु अभिभावकसमक्ष साट्न पाउँदा खुशी व्यक्त गर्दै विद्यालयका प्रिन्सिपल राजेन्द्र अधिकारीले आगामी दिनमा अझ स्कुललाई नमूनायोग्य बनाउनेतर्फ ध्यान आकृष्ट गर्ने बताएका थिए । अधिकारीले उच्च शिक्षा मात्र नभएर राम्रो र हाम्रो शिक्षा हुनुपर्ने आजको आवश्यकता भएकोमा सम्पूर्ण विद्यार्थीको भविश्यका लागि आफूहरुले दक्ष र अनुभवी शिक्षकहरुका शिक्षा प्रदान गर्दै आएको र अभिभावकसँग प्रत्यक्ष निगरानीमा विद्यार्थीहरुलाई पढाउन पाएकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य भिमसेनदास प्रधानको प्रमुख आतिथ्यता रहेको थियो भने त्रिभुवन विश्वविद्यालय एवं उच्च शिक्षा परिषद् लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 nabodit

nabodit15

nabodit13

nabodit12

nabodit11

nabodit10

nabodit9

nabodit8

nabodit7

nabodit6

nabodit5

nabodit4

nabodit3

nabodit2

nabodit1

 

shuvakamana

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु