नवौं ‘टेन्सवर्ग-डिसिने अवार्ड’को सम्पूर्ण तयारी पुरा

म्यूजिक खबर
प्रकाशित: २१ असार २०७४, बुधबार

असार २१, काठमाडौं । विगत नौं बर्ष यता नियमित रुपमा आयोजना हुदै आएको ‘डि सिने अवार्ड’ यसबर्ष ‘टेन्सवर्ग–डि सिने अवार्ड’का नामले भोली अर्थात् असार २२ गते हेटौंडाको ओम्याक्स हलमा सम्पन्न हुँदैछ । ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा सभ्य, भव्य, सुसंस्कृत चलचित्रको कामना’ स्लोगन सहित छायाँछवी क्रियशनको आयोजनामा हुँदै आएको यस अवार्डलाई यो वर्ष टेन्सवर्गले प्रायोजन गरेको छ । यो समयसम्ममा अवार्डको भौतिक तथा प्राविधीक तथा सम्पूर्ण तयारी पुरा भएको जानकारी आयोजक संस्थाले दिएको छ ।

आयोजक समितिका अध्यक्ष शान्तिप्रियले म्यूजिक खबरसँग कुरा गर्दै भने –कार्यक्रको भौतिक तयारी सत्प्रतिशत पुरा भइसकेको छ । सेट तथा साउण्ड जोडिदैछ, त्यसैले प्राविधिक तयारीको पनि अन्तिम तयारीमा छौं । हामी भोली कार्यक्रम हुने समयको पर्खाइमा छौं ।’ कार्यक्रममा कस–कसको उपस्थिति रहनेछ भन्ने प्रश्नमा– ‘सम्पूर्ण नोमिनिजहरु, सम्मानित तथा पुरस्कृत हुने स्रष्टाहरु, पत्रकारहरु र नेपाली चलचित्र क्षेत्रमा प्रत्यक्ष परोक्ष रुपमा आवद्ध रहनुभएका महानुभावहरु, चलचित्रकर्मीहरु, चलचित्रप्रेमीहरु सबैलाई हार्दिक निमन्त्रणा गरेका छौं । सबै हाम्रा लागि विशेष पाहुना हुनुहुन्छ, उहाँहरुको नै उपस्थितिमा हामी कार्यक्रमलाई सम्पन्न गर्दैछौं ।’ नौ वर्षमा आईपुग्दा कार्यक्रम गरिमा थप चुलिएको र यस वर्ष थप भव्य र सभ्य हुने विश्वास पनि उनले व्यक्त गरे ।

dcine award- hetauda

नवौं छायाँछवी डि सिने अवार्ड अन्तर्गत यस पटकको ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’बाट बरिष्ठ सागीतकार रगायक शम्भुजीत बासकोटालाई सम्मान गरिने भएको छ । चार दशक भन्दा लामो समय देखि संगीत श्रृजनामा लागेर चलचित्र सहित सबै प्रकारका नेपाली संगीतको संरक्षण, प्रवर्धन र विकाशमा अबिरल योगदान र्पुयाएकाले बरिष्ठ संगीतकार बासकोटालाई यो सम्मानबाट सम्मानित गर्न लागिएको हो । बासकोटा एक दर्जन भन्दा बढी चलचित्रका कथाकार, करिब तीन सय ओटा चलचित्रका संगीतकार, चार हजार भन्दा बढी गीतका सागीत सर्जक, गायक र गीतकार हुन् । नेपाल टेलिभजिन र चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष भईसकेका बासकोटा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन् ।

19756603_1584237244980646_1934745692280524448_n

यस्तै ‘छायाँछवी चलचित्रकर्मी रजत सम्मान–२०७३’बाट पुरुष तर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा रानालाई सम्मानित गरिने भएको छ । तीन दशक भन्दा लामो समयदेखि नेपाली चलचित्रबृत्तमा क्रियाशिल यी दुबैले अभिनेता अभिनेत्रीका रुपमा चलचित्र बिजय पराजयबाट अभिनययात्रा सुरु गरेका हुन् । यी दुबै कलाकार तीन दशक देखि रंगमन्च तथा सानोपर्दाका चलचित्रमा पनि सक्रिय छन् ।

यस्तै यो वर्षको ‘छायाँछवी चलचित्र पत्रकारिता पुरस्कार–२०७४’बाट पत्रकार लक्ष्मण सुवेदीलाई पुरस्कृत गरिने भएको छ । डेढ दशकदेखि पत्रकारितामा निरन्तर लागेका सुवेदी चलचित्र तथा मनोरञ्जन विटमा कलम चलाउँछन् । सुवेदीलाई ९ हजार ९ सय ९९ रुपैयाा र ताम्रपत्रबाट पुरस्कृत गरिने भएको छ । छयााछबी यस पटक नवौं वर्षमा प्रवेश गरेकाले उनलाई पुरस्कार स्वरुप ९ हजार ९ सय ९९ रुपैयाा प्रदान गर्न लागिएको हो ।

यो अवार्डको अफिसियल मिडीया पार्टनरमा न्यूज फिल्मी खबर साप्ताहिक, सिधा खबर, म्यूजिक खबर र न्युज बैंक नेपाल रहेका छन् । रेकर्ड पश्चात कार्यक्रमलाई एपि १ टेलिभिजनमा प्रसारण गरिनेछ ।

dcine award

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु