नव वर्षको शुभकामना विविध सांस्कृतिक प्रस्तुतिसँगै

म्यूजिक खबर
प्रकाशित: ३० चैत्र २०७२, मंगलवार

नेपाल क्षेत्रफलको हिसाबमा सानो र गरिब राष्ट्र भएता पनि कला, संस्कृति, भेष–भूषामा विशाल अनि सु–सम्पन्न राष्ट्र हो । राजनीति र विकासमा शिथिल हाम्रो देश कला, संस्कृतिमा भने अब्बल छ । यस्तै सांस्कृतिक रुपमा विविधता भएकोले गर्दा हाम्रो देश नेपालले विश्व सामु आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । यहि सन्देश दिँदै नयाँ वर्षको स्वागत गर्न सांस्कृतिक संस्थानले सोमबार साँझ नाचघरमा ‘शुभकामना साँझ–२०७३’ आयोजना गरेको थियो । उक्त कार्यक्रममा संस्थानका कलाकारले मेचीदेखि महाकाली तथा हिमालदेखि मधेससम्मका विविध कला, संस्कृति प्रस्तुत गरेका थिए । सुदुरपश्चिमको हुड्केलीदेखि लिएर पूर्वको साकेला नृत्य अनि तराईको झुमरादेखि पहाडको तामाङ, शेलो र हिमालको शेर्पा नुत्य एउटै मञ्चमा प्रस्तुत हुँदा दर्शकहरु पनि मख्ख र गौरवान्वित देखिन्थे ।सांस्कृतिक संस्थानका अध्यक्ष उद्योग राईद्धारा उद्घाटित सो कार्यक्रमको प्रारम्भमा कलाकारले राष्ट्रिय भावको शिरको टोपी सरगरमाथा‘गीत गाएका थिए । त्यसपछि कार्यक्रममा एकपछि अर्को गर्दै लोक नृत्यहरु प्रस्तुत गरिएको थियो । शास्त्रीय नृत्य आर्यताराबाट सुरु भएको नृत्य प्रस्तुति मारुनीमा पुगेर टुँगिएको थियो ।

new year
कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारले सुदुरपश्मिको हुड्केली, पूर्वी नेपालको साकेला, ताम्सालिङ क्षेत्रको तामाङ सेलो, मध्यपश्चिमको झ्याउरे नृत्यहरु प्रस्तुत गरेका थिए । यस्तै, उनीहरुले पश्चिमी पहाडी भेकको कौरा नृत्य, काठमाडौं उपत्यकाको धिमे नृत्य, पूर्वी तथा मध्यपहाडमा प्रचलित मारुनी नृत्य प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध तुल्याए ।

संस्कृतिक संस्थानका कर्मचारीहरु रेशम पुन, गीता थापा, छवि थापा, अञ्जु आले, खीम वलम्पाकी, सुशीला थापा, श्रीहरि फुँयाल, सवनम सिलवाल, दिनेश आले, सिर्जना किराँती, समिर प्रजापति, सुर्या कार्की, पुजा सुनुवार र अञ्जला नकर्मीले नृत्य प्रस्तुत गरेका थिए भने विजय मानन्धर, शारदा सिलवाल, मनोज जोशी, कविता मानन्धर, केशव राई , सीता कार्की, गोरन चौधरी र अञ्जु रञ्जितले पनि विभिन्न नृत्य प्रस्तुत गरेका थिए । करिब दुई घण्टा चलेको कार्यक्रममा संस्कृतिक संस्थानकै कलाकारले लोक, आधुनिक तथा राष्ट्रिय भावले ओतप्रोत गीत गाएका थिए । रुपक चौधरी र शिला बिष्टले गाएको आधुनिक भाका सपनीमा तिमी नै छौ‘मिठास थियो । यस्तै कृष्ण गुरुङ, आकाश थापा, विपिन घिमिरे, भिम कला गुरुङ, टीका गुरुङ, चाँदनी मल्लले लोकदोहोरी भाका सुनाएर दर्शकको मन जिते ।
प्रत्यक्ष सांगीतिक कार्यक्रममा सांस्कृतिक संस्थानकै कलाकारले सघाएका थिए । जसअन्तर्गत गिटार, लोकराज राई, बाँसुरीमा कृष्ण गुरुङ, मदन जर्गा मादलमा, खर्क बुढा, पञ्चनारायण महर्जन, भरत लाखे, भागी रथ, पोषण घर्तिमगर, हार्माेनियममा नरसिंहला श्रेष्ठ, कि–बोर्डमा रोहित सुवेदी, बेस गीतारमा आकाश गोर्खाली, तबला एवं ढोलकमा भरत बुढाथोकी र प्याडमा भगिरथले साथ दिएका थिए ।

MG_1524
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले विभिन्न समस्याहरु निम्तिएको २०७२ सालको पीडालाई बिर्साउँदै खुसीका साथ २०७३ साललाई स्वागत गर्दै सांस्कृतिक संरक्षण, सम्वर्धन र विविधतामा एकताका लागि सांगीतिक साँझ आयोजना गरिएको बताए । कार्यक्रममा प्रभाकर देव शर्मा, रमेक केसी मट्टारे र राजेन्द्र गड्तौलालगायतका कलाकारले समसामयिक प्रहसन गरेर हँसाएका थिए ।

new year2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु