नाचघरमा ‘सिनेयात्री स्टार नाइट–२०७२’

म्यूजिक खबर
प्रकाशित: ४ आश्विन २०७२, सोमबार

काठमाडौं । राजधानीस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा शनिबार दशैं नजिएको संकेत झल्किएको थियो । दर्शकको भीडले कोचाकोच प्रेक्षालयमा एक कलाकार भन्दैथिए, ‘सिनेयात्रीले कार्यक्रम गरेपछि दशैं लागेजस्तो हुन्छ । आज मलाई यस्तै लागिरहेको छ ।’  हुन पनि सिनेयात्री मासिक पत्रिकाले केही वर्षयता यसैबेला अर्थात् दशैंको छेकमा निरन्तर सांगीतिक तथा शुभकामना कार्यक्रम गर्दै आएको छ । त्यसैले कार्यक्रमका नियमित दर्शक रहेकाहरुले शनिबार यस्तै महशुस गरे । पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर कार्यक्रम गर्दै आएको हो ।

cineyatri night musickhabar  (2)
‘सिनेयात्री स्टार नाइट–२०७२’ नाम दिइएको कार्यक्रममा कलाकारले आफ्नो प्रस्तुतीमात्र पस्केनन्, कलमजीवी पत्रकारहरु समेत ¥याम्पमा उत्रिएका थिए । कार्यक्रममा मोडल एजेन्सी दि ¥याम्पकी सञ्चालिका तथा चर्चित कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा केही मोडल र पत्रकारले क्याटवाक गरे । कार्यक्रममा स्ट्रिट नेपालका फोटो पत्रकार नविन गुरुङ, मार्गदर्शन दैनिकका एमपी सुब्बा, स्क्रिन नेपालका प्रविनसिंह ठकुरी र विशालचौतारीका विशाल राईले दाउरा–सुरुवालमा क्याटवाक गरेका थिए । ¥याम्प मोडलिङ एजेन्सीकै केही मोडलले समेत क्याटवाक गरेको कार्यक्रममा चर्चित कोरियोग्राफर, मोडल तथा आरजे कला सुब्बाले पनि ¥याम्प नोपेकी थिइन् ।

cineyatri night musickhabar  (1)
कार्यक्रममा धिरज राई, हिमाल सागर, युवराज गुरुङ, रुकमान लिम्बू, रुपक डोटेल, मञ्जु कुवँर, उमा भट्टराईलगायतका गायक÷गायिकाले गीतसंगीत पस्केका थिए । कार्यक्रममा अभिनेत्री सीमा केसी र विनोद श्रेष्ठको नृत्यले दर्शकले भरपूर्ण मनोरञ्जन लिएका थिए । सुरज प्रजापति, अनिता छन्त्याल, सुर्य लामा, गिनीकृपा लिम्बुलगायका कलाकारको नृत्यले पनि कार्यक्रमको माहोल तताएको थियो ।

cineyatri night musickhabar  (3)
बरिष्ठ हास्य कलाकार बसुन्धरा भुषालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा काठमाडौ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ, मनाङ मस्र्याङ्दी क्लवका अध्यक्ष सोनिम गुरुङ ‘जिमी’लगायत विभिन्न व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै सिनेयात्रीका प्रधान सम्पादक आरडी ‘शृंखला’ले भने, ‘यो हाम्रो नियमित कार्यक्रम हो । पत्रिकाको वार्षिकोत्सवका अवसरमा सांगीतिक कार्यक्रम गर्दै आएका हौं । यस समयमा दशैं पनि नजिकिँदो भएकाले शुभकामना आदान–प्रदान पनि हुन्छ ।’ उनले यसपटकको कार्यक्रम नेपालको नयाँ संविधानको स्वागतार्थ भएको पनि बताए । कार्यक्रमको सञ्चालन डिनेश डिसीले गरेका थिए ।

cineyatri night musickhabar  (4)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु