नाच्न नआउने निर्देशकले नाचेको भिडियो

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७४, शनिबार

१५ पुष, काठमाडौं । लोकदोहोरीमा म्यूजिक भिडियो निर्देशकको नाम लिँदा प्रकाश भट्ट अग्रपंक्तिमै देखिने गर्छन् । निर्देशनसँगै उनी कोरियोग्राफ गर्छन् भने आफैं कहिलेकाहीँ मोडलका रुपमा पनि देखा पर्छन् । नृत्यका पारखी भट्टलाई नाच्न आउँदैन भनेर पछिल्लो समय सामाजिक सञ्जालमा हल्ला मच्चियो । कसले भन्यो, किन भन्यो त्यो निर्देशक भट्टलाई नै थाहा होला । तर यतिबेला भने उनले नाचेको भिडियो बाहिर आएको छ ।

पन्ध्र बर्ष भन्दा लामो समय नेपाली गीत संगीतमा क्रियाशिल लोकप्रिय,अनुशासित,मेहनती निर्देशक प्रकाश भट्टलाई नाच्न नजान्ने भनेर कसैले भनेको बताएका छन ।
करिव पाँच हजारको हाराहारीमा गीत निर्देशन गरेका छन । साथै उनी कुशल डान्सर पनि हुन तर उनी आफ्नो काम अनुसारको प्रचार प्रशार गर्दैन र मिडियामा पनि त्यति आँउदैन त्यसैले उनलाई त्यसो भनिएको हुन सक्ने जानकारहरु बताउछन । प्रकाशका अधिकाशं गीत डान्स विटकै रहेका छन त्यसैले पनि उनलाई लगाएको आरोप निराधार र गलत भएको सबैलाई धाहा छ ।


गीत संगीतको क्षेत्रमा सबैलाई सम्मान गर्ने निर्देशकको रुपमा प्रकाशले आफ्नो इज्जत कायम गर्न सकिरहेका छन । उनले दर्जनौं भिडियोहरुमा निर्देशनसँगै नृत्य पनि गरेका छन् जुन चर्चित पनि भएका छन् ।

खेम सेन्चुुरी र शिलु भट्टराईको स्वर रहेको उक्त गीतमा खेम सेन्चुरीकै शब्द र संगीत रहेको छ । प्रकाश भट्ट र पूर्णिमा श्रेष्ठको अभिनय रहेको उक्त भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । राजेश घिमिरेको छायाँकन रहेको उक्त भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु