नाजिर र शिल्पा अभिनित ‘कागजपत्र’को फस्ट लुक

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७४, बुधबार

२० मंसिर, काठमाडौं । छायांकनको क्रममा रहेको चलचित्र ‘कागजपत्र’को फस्ट लुक सार्बजनिक गरिएको छ । चलचित्रमा नाजिर हुसेन, सिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतको अभिनय रहेको छ । चलचित्र युनिटले छायांकन स्थलबाटै कलाकारको लुक्स सार्बजनिक गरेको हो । चलचित्रको हाल दाङको तुलसीपुरमा छायांकन भइरहेको छ ।

सामजिक प्रेमकथामा बनिरहेको चलचित्रलाई अपिल विष्टले निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि अपिल विष्ट आफैले लेखेका हुन् । चलचित्रलाई अस्ट्रेलियन सिनेमेट्रोग्राफर क्यश्मिर डिक्सनले खिच्दैछन् ।

 

वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा।लिको प्रस्तुति रहने ‘कागजपत्र’लाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, सुदिप उप्रेती र मनिष खत्रीले संयुक्त रुपमा निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्माताको रुपमा विशारद बस्नेत रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु