नायिका सानिया रमजान मनाउदै

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७४, बुधबार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा मुस्लिम समुदायको उपस्थिती न्युन रहेको छ । त्यसमाथि पनि मुस्लिम महिलाको उपस्थितलाई हेर्ने हो भने एकाधभन्दा भेटिन मुस्किल छ । उसै त मुस्लिम समुदायमा महिलाहरुलाई निश्चित परिधीभित्र राख्ने गरिन्छ । यस्तो अवस्थामा नेपाली चलचित्र क्षेत्रमा महिलाको उपस्बिथती न्युनहुनलाई सामान्य रुपमा लिन सकिन्छ । तथापी यस क्षेत्रमा संर्घषरत मुस्लिम महिलाहरुले आफ्नो समुदाय, परिवार, परिवारका विरोधका बाबजुत पनि यस क्षेत्रमा स्थापित हुन कोशिसमा रहेका छन् । आफ्नो धर्म संस्कृतीलाई जगेर्ना गर्दै चलचित्र क्षेत्रमा स्थापीत हुने कोशिसमा रहेकी कलाकार मध्ये एक हुन सानिया खान । चलचित्र कुइनेटोबाट नेपाली रजतपटमा प्रवेश गरेकी सानीयाले केहि म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् ।

sanniya
यति बेला मुस्लिम समुदायले एक महिनासम्म मनाइने महानपर्व रमजान मनाइरहँदा कलाकार सानिया खानले चाही कसरी मनाईरहेकी छन त भन्ने जिज्ञासा राखेका थियौँ । उनका अनुसार रमजान शुरु भएदेखि नसकिएसम्म एक महिनाको अवधिभरी रोजा बस्ने, दैनिक नमाज पढ्ने, रातिको समयमा एक छाक शुद्ध भोजन गरी मनाउने गरेको बताइन् । उनका अनुसार कर्मको हिसावमा जस्ले जेस्तो गरे पनि धर्म र संस्कृतिको हिसावमा रमजानलाई मुस्लिमहरुले अत्यन्तै श्राद्ध पुर्वक मनाइरहेका हुन्छन् । रमजानको अवधिभरी कुनै पनि महत्वपूर्ण कार्य गर्नुभन्दा पहिला धर्ममा केन्द्रित हुने गरेको सानिया बताउँछिन ।

Saniya

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु