नारायणको निर्देशनमा सारिकाले सनमलाई हजार चोट दिएपछि (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७३, बिहीबार

पौष २८, काटमाण्डौ । मोडलिङमा सुगम संगीतका बादशाह मानिने सनम कठायतलाई अहिलेकी व्यस्त अनि चर्चित मोडल सारिका के.सी.ले हजार चोट दिएकी छिन् । मोडलिङमै चर्चित बनेका नारायण ढकालको निर्देशनमा सारिकाले सनमलाई चोट दिएकी हुन् । वास्तविक जीवनमा भने सारिकाले सनमलाई चोट दिएकी भने होइनन् ।sanam-kathayat-sarika-kcभर्खरै सार्वजनिक भएको प्रमोद खरेलको सुमधुर आवाजमा रहेको ‘हजार चोट’ बोलको गीतमा सनमले हजार चोट पाएको मार्मिक कथा वस्तु प्रस्तुत गरिएको छ । जसमा नव बिबाहित दम्पती चढेको सवारी दुर्घटनामा श्रीमतीको मृत्युपश्चातको मार्मिक विषयलाई अत्यन्तै उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ । उक्त म्यूजिक भिडियोबाट निर्देशक नारायण ढकालको कामलाई पनि निकै नै तारिफ गर्ने गरिएको छ ।

दिपक थापाको शब्द तथा राजकुमार बगरको उत्कृष्ट संगीत रहेको गीतको बजार ब्यबस्थापन एभरेस्ट ग्यालरीले गरेको छ । नारायण ढकालको निर्देशन र उत्सव दाहालको छायांकन रहेको उक्त भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

हेर्नुहोस् म्यूजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु