नारायनथान होटल परिसरमा पुग्दा जे देखियो ( फिचर सहित)

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०७२, मंगलवार

गोपीकृष्ण चापागाईं, काठमाडौं


एका बिहानैको समय हो, घामपनि बिस्तारै झुल्किने क्रममै थियो । काठमाडौंको उत्तरी भेगमा पर्ने नारायनथान जहाँ हरियाली र सुन्दर दृश्यहरु धेरै रहेका छन् । त्यहि स्थानमा हामी पुग्यौं र केहि उच्च भेगबाट काठमाडौंलाई नियाल्ने कोशिसमा थियौं । त्यसैक्रममा हामील नारायनथानको एक होटल परिसरमा यस्तो दृश्य देख्यौं जहाँ हामीलाई लागिरहेको थियो कुनै फिल्मको छायांकन भईरहेको छ । हामी त्यस स्थान तिर लम्कियौं र उक्त दृश्यको बारेमा बुझ्न चायौं ।
चारैतिर हरियाली, निकै मनोरम दृश्य पर क्षितिजमा काठमाडौं उपत्यकाले ढकमक्क ढाकेको थियो, लाग्छ त्यो स्थानमा पुग्दा जो कोहि पनि एकाग्र भएर टोलाईरहन्छ । त्यसैबिचमा होटल र रिसोर्ट परिसरमा देखिएको सुटिङ युनिट, हामी सुटिङ छोडेर जानै सकेनौं, कारण थियो अन्य सुटिङ भन्दा पृथक ।
क्यामेरा र आर्टिस्ट सँग निकै व्यस्त रहेको सुटिङ युनिट सँग हामीले बुझ्न चायौं आखिर के को सुटिङ हुँदैछ । बुझ्दै जाँदा एक म्युजीक भिडियोको सुटिङ भईरहेको रहेछ । हामीले ठानेका थियौं सायद कुनै चलचित्रको सुटिङ भईरहेको छ । आधुनिक गितको सुटिङ भएता पनि कुनै चलचित्रको सुटिङ भन्दा कम थिएन त्यहाँको मेहनत र अभिनयलाई हेर्दा , त्यसैले पनि हामी अझ केहि बुझ्न खोज्दै थियौं ।

IMG_4639

तिम्रो मनमा बसेकी छु टाढा बन्दिन म ।
तिम्रो पाईला बिझाउने काँडा बन्दिन म ।।
गितको पहिलो शब्द सुन्दा हामी सहजै अनुमान लगायौ कि एकल आवाजमा रहेको सेन्टिमेन्टल आधुनिक गित रहेछ । सुटिङमा एक्सन र कटमा निकै व्यस्त रहेका निर्देशक सुरेश थापा सँग केहि कुरा गर्ने जमर्को गर्यौं । हाम्रो पहिलो प्रश्न नै यस्तो रह्योः एउटा म्युजीक भिडियोको लागि मात्र पनि यति ठुलो मेहनत ? निर्देशक थापाले सहजै यसरी उत्तर दिनुभयो– आजभोली म्युजीक भिडियो बनाउन गाह्रो छैन तर राम्रो र साच्चै नै सबैकुरा पुगेको, निर्देशकिय क्षमता पुगेको म्युजीक भिडियो कमैले बनाएको पाईन्छ । त्यसैले मैले गितको कथामा मागे अनुसारको दुख गरीरहेको छु । ताकि दर्शकलाई पुर्ण रुपमा मनोरञ्जन होस् ।
यति भन्दै गर्दा हामी निर्देशक सुरेश थापालाई अर्को प्रश्न पनि तेर्सायौं, तपाई त चलचित्रमा जस्तै रोमान्स सिन पनि प्रसस्त देखाउन खोज्नु भएको रहेछ नि म्युजीक भिडियोमा ? अनि उत्तर– कथाले बोलेको कुरा भिडियोमा हुनुपर्छ भन्ने धारणा हो मेरो र पछिल्लो समय दर्शकले चाहेको र धेरै भल्गर नहुने गरी मैले यस म्युजीक भिडियोमा रोमान्स सिन राखेको छु । जसले गर्दा भिडियो हेर्दा दर्शकलाई मनोरञ्जन होस् तर साह्रै गरेछ भन्ने नहोस् । चलचित्र जस्तै भन्नु भो, तर मेरो बिचारमा म्युजीक भिडियोमा पनि चलचित्रका लागि दुख गरे जत्तिकै दुख गर्नुपर्छ । मात्र फरक यत्तिहो म्युजीक भिडियो मा थोरै दिन दुख गर्नुपर्छ, चलचित्रमा धेरै दिन दुख गर्नुपर्छ । साथै हामिले गितले बोकेको कथा के छ भनि सोध्यौं, गितमा एक प्रेमी र प्रेमीका हुन्छन् र प्रेमीकाले आफ्नो प्रेमीको मायामा शंका गरेकि हुन्छिन र शंका भित्रकै थोरै रोमान्स सिन लाई देखाईएको हो । समाजको यथार्थ कथा भन्दा हुन्छ ।

IMG_4641

निर्देशक सुरेश थापाले यो भन्दा अघि करिब तिन दर्जन गितमा निर्देशन गरीसकेका छन् त्यस्तै उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हाँस्य टेलिश्रृंखला मेरीबास्सैका चर्चित कलाकार पनि हुन् । उनी मेरी बास्सैमा दर्शनेको भुमिकामा देखिने गर्छन्, जुन भुमिका दर्शकले छोटो समयमै मनपराएका छ् ।

गायिका रजिना रिमालको एकल आवाजमा रहेको तिम्रो मनमा बसेको छु बोलको गितमा सृजना बस्नेत, कुसुम पन्त, महेश बिष्टको अभिनय रहेको छ । जसलाई बुद्ध थापाले खिचेका हुन् भने ड्रेस डिजाईन रबिना ठकुरीले गरेकी छिन् । दिपक मगरको प्रस्तुतीमा बजारमा आउने उक्त गितमा शब्द भने डोलराज बार घरे मगरको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु