नित्या र शम्भु भन्छन्–दिल चोरी लैजाउ(भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७२, बुधबार

यतिबेला विश्वव्यापिरुपमा चर्चा प्रणय दिवसको छ । प्रणय दिवस भन्ने बितिकै मायाप्रीतिको कुरो अगाडि आउँछ । प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक यूगल जोडिको मन तरङ्गित बनाएको हुन्छ । यसरी मनमा उत्पन्न भएको तरङ्गलाई आफ्नो मनले खाएको, रोजेको वा ताकेको व्यक्तिलाई अभिव्यक्ति गर्ने चलन रहँदै आएको छ प्रणय दिवसको दिनमा । यहि सन्दर्भमा नेपाली सांगितीक क्षेत्रमा पनि प्रणय कुरो ओकल्न भ्याएका छन् नित्या शिवा र शम्भु रैकाले । सांगितीक क्षेत्रका चर्चित यि दुई गायक, गायिका एकले अर्कालाई भन्दछन्– ‘दिल चोरी लैजाउ ए प्रियतम्’ । प्रणय दिवसको उपलक्ष्यमा माया प्रेममा पर्नेहरुका लागि कोशेली स्वरुप नित्या शिवा र सम्भू रैकाको स्वरमा गीतको म्युजिक भिडियो तयार भएको गीत हो –“दिल चोरी लैजाउ ए प्रीयतम । शंकर अधिकारी घायलको रचना र संगीत रहेको उक्त गीतको म्युजिक भिडियो पनि घायलले नै निर्देशन गरेका छन् । विशाल रेग्मी र दिक्षा रैलाको अभिनय रहेको उक्त भिडियोलाई रामेश्वर हुमागाइँले छायांकन गरेका हुन् भने सुरेस गुरुङको नृत्य, युवराज खत्रीको सम्पादन र एनएचएस मिडियाले उक्त भिडियोलाई बजारमा ल्याएको छ । एनएचएस मिडियाको आफ्नो च्यानलमार्फत उक्त म्युजिक भिडियोलाई वल्र्डवाइड गरेको हो ।

nityashiwa

प्रायः सबै गीतहरू मायाप्रीतिमै आधारित हुन्छन् । त्यसमा पनि भ्यालेन्टाइन कुर्नुपर्ने खालका कुनै गीत हुन्छन् । यसै अवसरलाई समात्न नित्या शिवा र सम्भू रैकाको स्वरमा एक गीतको म्युजिक भिडियो तयार भएको –“दिल चोरी लैजाउ ए प्रीयतम । शंकर अधिकारी घायलको रचना र संगीत रहेको उक्त गीतको म्युजिक भिडियो पनि घायलले नै निर्देशन गरेका छन् । विशाल रेग्मी र दिक्षा रैलाको अभिनय रहेको उक्त भिडियोलाई रामेश्वर हुमागाइँले छायांकन गरेका हुन् भने सुरेस गुरुङको नृत्य, युवराज खत्रीको सम्पादन र एनएचएस मिडियाले उक्त भिडियोलाई बजारमा ल्याएको छ । एनएचएस मिडियाको आफ्नो च्यानलमार्फत उक्त म्युजिक भिडियोलाई सार्वजनिक गरेको हो ।

भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु