निरन्तर लेखनमा सक्रिय गणेश

म्यूजिक खबर
प्रकाशित: १४ श्रावण २०७२, बिहीबार

काठमाडौं । लोक गीतको क्षेत्रमा शब्दमार्फत् आफूलाई गीतकारको श्रेणीमा उभ्याउन सफल गीतकार हुन् गणेश चौलागाईं । दर्जनौं हिट लोकदोहोरी उनले लेखेका छन् । उनले लेखेका शब्दमा धेरै गायक गायिकाले स्वर दिइसकेका छन् भने कति नयाँ कलाकारहरु पनि उनले जन्माएका छन् । जहाँ जाऊँ निरन्तर गीतसंगीतमा नै लागिरहनेछु, गीतकार गणेश चौलागाईंले भने – ‘गीति लेखन मेरो जीवनको सुन्दर बगैंचा हो । जहाँ म थरीथरीका फूलहरुलाई रोप्छु, हुर्काउँछु अनि फुलाएर सुगन्ध दिने काम गर्छु ।’
चौलागाईका गीतमा प्राय गरेर विमल डाँगीको स्वर बढी समेटिने गरेको पाइन्छ । तर डाँगी मात्रै होइन धेरै गायक गायिकाको स्वरले उनका शब्दलाई सांगीतिक उर्जा मिलेको छ । सानु पत्याउ अब त होस् या  पागलै बनौंला होस् उनका मार्मिक शब्द बजारमा आएका छन् । चौलागाईंले दसै र तीहार घर खर्च, चरी वनमा, आफ्नो भन्न कैहिल्यै पाइएन, नुवाकोटे नानी, आकाअसैमा लाखौ तारा छन, रुँदा आँशु बन्यो गंगा झै, कुहुकुहु कोइली गाइदिन्छ, तिमी बिना भन्थे बाच्दीन, परीश्रमी मजदुर युवा हो, शहर लाई के थाहा (गजल), नरोइ बस मेरी सानुलगायत अढाइ दर्जन गीतहरु लेखिसकेका छन् ।  करिब अढाइ दर्जनभन्दा माथि गीत लेखिसकेका गीतकार चौलागाईंको यतिबेला भने लोक गीत निकै चर्चामा छ । ‘आमा’ बोलको गीतमा चौलागाईंको शब्द रहेको छ भने शिशिर भुसालले स्वर दिएका छन् । विन्ध्यवासिनी म्यूजिकले बजारमा ल्याएको आमा बोलको गीतले यतिबेला डिजिटल मार्केटमा राम्रो स्थान पाइरहेको छ । एउटी आमाको सन्तानप्रतिको मायालाई चौलागाईंले गीतमार्फत् व्यक्त गरेका छन् ।

aama ganesh chaulagain
त्यस्तै बजारमा आउन लागेको अर्को गीत पागलै बनौंला मेरी मायालु रिलिज नहुँदैदेखि चर्चाको शिखरमा छ । जुन गीतमा गायक विमल डाँगी र मुना थापाले स्वर दिएका छन् । गायक डाँगी र थापा लोकदोहोरीको क्षेत्रमा चर्चाको शिखर चुमिसकेका व्यक्तित्व हुन् । पागलै बनौंला मेरी मायालुको म्यूजिक भिडियोमा चर्चित नृत्य निर्देशक एवं अभिनेता विनोद श्रेष्ठ र अन्जु निरौलाको अभिनय रहेको छ । कपिल लामाको निर्देशन रहेको यस म्यूजिक भिडियोमा राजेश घिमिरेको छायाँकन रहेको छ । यस गीतलाई पनि विन्ध्यवासिनी म्यूजिकले नै बजार व्यवस्थापन गरेको छ ।
पागलै बनौंला मेरी मायालु आफूलाई मन परेको कारण विन्ध्यवासिनी म्यूजिकले प्रकाशनमा ल्याउन लागेको विन्ध्यवासिनी म्यूजिकका प्रबन्ध निर्देशक सुबास रेग्मीले बताए । गीतकार चौलागाईंको शब्द समसामयिक प्रेमकथामा आधारित रहेको गीत भएका कारण सबैले रुचाउने रेग्मीले बताए ।

Pagalai Banula

Aama

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु