निर्देशक दाहाललाई सेभ द प्लानेटको सम्मान

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७०, मंगलवार

काठमाडौं । वातावरण तथा पर्यावरणसम्बन्धी जनचेतना जगाउन सहयोग गरेको भन्दै निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । वातावरण तथा पर्यावरण सम्बन्धि डकुमेन्ट्री बनाएका निर्देशक सुमन दाहाललाई सेभ द प्लानेटले सम्मान गरेको हो । वातावरण संरक्षणमा निरन्तर रूपमा कार्य गर्दै आएको सेभ द प्लानेटले विगत पाँच वर्षदेखि प्रकृतिलाई माया गरौं भन्ने अभियानका साथ कार्य गर्दै आएको छ । उक्त संस्थाले आफ्नो वार्षिकोत्सव कार्यक्रममा निर्देशक दाहाललाई सम्मान गरेको हो । सुमन दाहाल चलचित्र पत्रकार हुनुका साथैसाथै निर्देशक समाज र चलचित्र पत्रकार संघका कोषाध्यक्षसमेत हुन् । निर्देशक दाहालका अलावा अन्य विभिन्न व्यक्तिहरूलाई पनि उक्त अवसरमा सेभ द प्लानेटले सम्मान गरेको थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु