निर्देशक नभएको भए खाडितिर भइन्थ्यो

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७२, शनिबार

अशोक बिक आजभोलिका चल्ती निर्देशकका रुपमा चिनिन थालेका छन् । सानै उमेर भए पनि निर्देशनको हिसाबले राम्रो निर्देशकका रुपमा चिनिन्छन् । त्रिभुवन बस्ती कञ्चनपुरका अशोक गीतसंगीतकै माहौलमा काठमाडौंसम्म आइपुगेका थिए । सधैं टेलिभिजनमा हेरिरहेका म्यूजिक भिडियोलाई गाउँबाटै कल्पना गर्दै म पनि एउटा सफल निर्देशक बन्छु भन्ने उनको लक्ष्य थियो । त्यही लक्ष्यअनुसार उनी काठमाडौं छिरेका थिए । ०६४ सालतिर काठमाडौं छिरेका उनले आउने वित्तिकै निर्देशन नै गर्ने त मौका पाएनन् तर धेरै चलचित्र, म्यूजिक भिडियोहरुमा कोरश नृत्य गर्दै आएका । शंकर बिसी, शिव विक जस्ता निर्देशकको वरिपरि रहेर उनले धेरै काम गरे । काम गर्दै जाँदा निर्देशक बन्ने लक्ष्यमा लोकदोहोरी गीत पानी भर्ने पँधेरोलाई निर्देशन गर्न पुगे । पानी भर्ने पँधेरो बोलको लोकदोहोरीमा निर्देशन गरिसकेपछि उनको निर्देशकीय क्षमतालाई पछ्याउनेहरु धेरै भए ।

ashok dance
करिब ५० भन्दा माथि लोकदोहोरी गीतहरु निर्देशन गरिसकेका अशोकले कोरियोग्राफको काम पनि धेरै गरेका छन् । रोल्पाको कथावस्तुलाई लिएर निर्माण गरिएको चलचित्र रोल्पा रोगमा पनि उनको कोरियोग्राफ गरहेको छ । लोकदोहोरी गीतहरुमा धेरैलाई नचाइसकेका अशोक आफैंमा राम्रो नृत्य गर्ने क्षमता भएका व्यक्ति समेत हुन् । गीतसंगीतकै क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका अशोक भन्छन् – ‘काठमाडौं निर्देशक बन्न आएको हुँ, यति निर्देशक बन्न नसकेको भए म यतिबेला खाडी मुलुकतिर मजदुरी गरिरहेको हुन्थेँ ।’

teej 2015
अशोकलाई निर्देशककै रुपमा चिनाउने गीत भने राजु दीपको नाच घुमेर बोलको लोकदोहोरी हो । आफ्नो निर्देशकीय क्षमता यस गीतमा रहेको उनी बताउँछन् । अहिले नटराज फिल्म्ससमेत संचालन गर्दै आएका अशोकले यो वर्षको तिजमा मात्रै २५ वटा म्यूजिक भिडियो निर्माण गरेका छन् । २५ वटा तिज गीतका म्यूजिक भिडियोलाई निर्देशन गरिसकेका अशोकलाई यतिबेला भ्याइनभ्याइ छ । सिंगापुर डलर, धमेकेदार डान्स, झुम्का हरायो, ड्राइभर, चाइनाको चुरा, साँच्चै मन प¥यो, टुटवान्टी पल्सर, बम्बई जाने रेललगायतका २५ तिज गीतको म्यूजिक भिडियोमा उनको निर्देशन देख्न सकिन्छ । निरन्तर आफ्नो कार्यमा लाग्नुपर्छ लक्ष्य प्राप्तिमा पुगिन्छ भन्ने मान्यताका साथ अघि बढेका अशोक भन्छन्– ‘अरुको कुरामा विश्वास गर्नुभन्दा आफ्नो काममा विश्वास गर्नु उपयुक्त हुन्छ । बजारमा धेरैले गफ गरेर आफूलाई ठूलो बनाएका होलान् तर म काम गरेर उनीहरुको मन जित्न चाहन्छु ।’

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु