निर्देशक समाजमा नयाँ कार्यसमिति

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७१, बुधबार

काठमाडौं । चलचित्र निर्देशक समाजमा नयाँ कार्यसमितिको चयन भएको छ । पछिल्लो समयमा कार्यसमितिका केही पदाधिकारीहरुले सामूहिक राजिनामा दिएर समाजलाई फुटाउने कार्यमा तल्लिन रहेको भए पनि समाजलाई सक्रिय र अझ सशक्त बनाउने उद्देश्यका साथ उनीहरुको राजिनामा स्वीकृत गर्दै नयाँ कार्यसमितिको चयन गरेको कुरा समाजका अध्यक्ष दिनेश डिसीले बताए । यसभन्दा अघि समाजका उपाधयक्ष राजु केसी, महासचिव ऋषि लामिछाने लगायत ९ जनाले राजिनामा दिएको भए पनि सदस्यद्वय आरबिके शरद र महेशकुमार ढुंगेलले राजिनामा फिर्ता लिएर आफूहरु गुट र फुटको राजनीतिमा नलाग्ने बताएका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै समाजका अध्यक्ष डिसीले समाजमा प्रजातान्त्रिक प्रक्रियाबाट समाजका सदस्यहरुको हक अधिकारका बारेमा आफू सधैं लडिरहने बताउँदै केही झुन्डहरुले गुटबन्धी गरे पनि आफू पछि नहट्ने बताएका छन् । उनले बरु उनीहरुलाई पनि समाजमा पुनः फर्किन अनुरोध गर्दै निर्देशकहरु सबैको साझा संस्थाका रुपमा नै समाजलाई अग्रगतिमा लैजान हातेमालो गर्ने बताएका छन् ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छः

प्रेश विज्ञप्ति
नेपाल चलचित्र निर्देशक समाज नेपालका चलचित्र निर्देशकहरुको हकहित संरक्षण, सम्बद्र्धन, पेशागत क्षमता अभिबृद्धि गर्दै नेपाली भाषा, साहित्य, कला र सँस्कृतिको प्रबद्र्धन गर्दै नेपाली चलचित्रको बिकास गर्ने उद्धेश्य लिएर स्थापित सँस्था भएकोले स्थापना काल देखि नै उद्धेश्य मुताविकका कार्यहरु गर्दै आइरहेको व्यहोरा सर्बबिदित रहेको विश्वास ब्यक्त गरिन्छ ।
समाजको क्रियाशिलताको निरन्तरता स्वरुप वर्तमान नेतृत्वको कार्यसमिति निर्वाचित भई आएपछि विभिन्न प्रतिकूलता या अन्य कारणबाट समाजको त्यस समय सम्म हुन नसकेको विभिन्न कार्यहरु अगाडी बढाउन थालियो । जस अनुरुपः (क) चलचित्रको सर्जक निर्देशकको नाम चलचित्र जाँचपास प्रमाण–पत्रमा अनिवार्य उल्लेख गराउने प्रावधानको सुरुवात गराइएको (ख) “संविधानसभा निर्वाचनमा चलचित्रकर्मीको भुमिका र दायित्व” विषयक गोष्ठि निर्वाचन आयोगसँगको सहकार्यमा होटल सोल्टीमा सम्पन्न गरिएको (ग) “नेपाली चलचित्रमा प्रतिलिपि अधिकार” विषयक अन्तरक्रिया कार्यक्रम प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयसँगको सहकार्यमा वल्र्ड ट्रेड सेण्टरमा सम्पन्न गरिएको (घ) प्रत्येक शुक्रबार गर्ने गरिएको उत्कृष्ट एवं चर्चित चलचित्रहरुको प्रदर्शन एवं विश्लेषण गर्ने सिनेमा क्लब लामो समय देखि रोकिइरहेकोमा पुनः सञ्चालन तथा चलचित्रको प्रदर्शन तथा विश्लेषण कार्य सुचारु गरिएको । क्लबको उद्घाटन तत्कालिन सञ्चार मन्त्री श्री माधव प्रसाद पौडेलबाट भएको । (ङ) अमेरिकन दुतावास र नेपाल फिल्म सोसाइटीसँगको सहकार्यमा ओस्कार नामाङ्कित लेखक÷छायाँकार÷निर्माता÷निर्देशक Iren Taylor–Broad sky द्धारा निर्देशित बृतचित्र Saving Pelican 895 को प्रदर्शन एवं निजसँग नेपाली चलचित्रकर्मीहरुको अन्तरक्रिया चलचित्र विकास बोर्डको प्रेक्षालयमा सम्पन्न गरिएको । (च) अमेरिकन दुतावाससँगको सहकार्यमा Current Trend of Documentary making And Time –Lapse Presentation मा Iren Taylor–Brodsky र स्थीर छायाँकार Glaciologist Mr. Tad को उपस्थितिमा नेपाली चलचित्र तथा वृतचित्र निर्माता÷निर्देशकहरु सहभागी भएको कार्यशाला आयोजना गरिएको । (छ) विश्व प्रसिद्ध डिजिटल कम्पनी RED ले पहिचान गरेका र उक्त कम्पनीको सिफारिसमा अमेरिकाबाट आउनु भएका प्रशिक्षक द्वय जष्टिन डि ओ निल र जेम्स इभान एगर्टनबाट डिजिटल छायाँ र रङ्ग परिमार्जनको विषयमा २०७० चैत्र २७ देखि २०७१ बैशाख २ सम्म पोखरामा Workshop on Digital Filming अत्यन्त सफलताका साथ सम्पन्न गरिएको ।
उल्लेखित कार्यहरु सफलता पूर्वक सम्पन्न भइसकेपछि नेपालका राष्ट्रिय चलचित्रको विकास तथा चलचित्र निर्देशकहरुको अमिट ऐक्यवद्धता र क्षमता अभिवृद्धिका पक्षधरहरु साँच्चै नै प्रशन्न एवं उत्साहित भएको हामीले पाएका थियौं । तर अप्रत्यासित रुपमा अचानक कार्यसमितिका केही पदाधिकारी एवं सदस्यहरुबाट समाजका अध्यक्ष माथि आरोपहरु लगाउँदै राजिनामा आयो जसबाट प्रसन्न एवं उत्साहित भएको समूह साँच्चै नै स्तब्ध बन्यो । नेपाल चलचित्र निर्देशक समाजको उद्धेश्य पूर्तिको लागि क्रियाशिल वाँकी समूह त कुनैपनि दृष्टिकोण नै अगाडी राख्न नसक्ने गरी अवाक बन्यो । किन ? र कसरी यस्तो घटना घटाउन र कपोलकल्पित आरोप लगाउन साथीहरु उद्धत हुनु भयो ? प्रश्नवाचक वाहेक कुनै अवधारणा बन्नै सकेन । तरपनि यो असमतिलाई वार्ता द्वारा नै समाधान गर्नुपर्छ भन्ने मान्यता राखेर धेरै प्रयाश गरियो तर वँहाहरुले निरन्तर वार्ताको वेवास्ता गर्नुभयो वार्तामा आउन नै चाहनुभएन । तर सामुहिक राजिनामा गर्नुहुने मध्येका  आर. बि. खत्री (शरद) र महेश प्रसाद ढुङ्गेलले समाजमा आएर बुझ्दा आरोपहरु पुर्ण असत्य तथा प्रमाणहिन रहेको बुझियो त्यसपछि दिग्भ्रमित भएर राजिनामा पत्रमा सहिछाप गरिएको रहेछ तसर्थः हामी राजिनामा फिर्ता गर्दछौं र यहि समितिमा बसेर निर्देशक समाजमा योगदान गर्न चाहन्छौं भन्ने पत्र दर्ता गराउनुभए पछि ती लगाइएका आरोपहरु कपोलकल्पित हुन भनि स्पष्ट पारिरहनु आवस्यक नै परेन भन्ने बुझाई सार्वजनिक गर्दछौं । सो अवसरमा जुनसुकै उद्धेश्यबाट प्रेरित भएर होस अथवा जानी वा नजानी निर्देशक समाजलाई अपाङ्ग बनाउँदै नेपाली चलचित्र क्षेत्रलाई आघात पुग्ने अवस्था श्रृजना भएको थियो त्यस क्रियाकलापलाई नम्रताका साथ निस्तेज पार्नु बाहेक नेपाली चलचित्र बिकासका पक्षधर हामीहरुसँग कुनै विकल्प थिएन । निर्देशक समाजका आदरणिय सल्लाहकार तथा वरिष्ठ चलचित्र निर्देशकज्यूहरु, नेपाली चलचित्र विकासका पक्षपाती अन्य विधा एवं चलचित्र सम्बन्धि संघसँस्थाका पदाधिकारी मित्र तथा मान्यजनहरुबाट यस सङ्कटलाई किनारा लगाउन जुन साथ र सहयोग प्राप्त भयो त्यसका लागि वँहाहरु सबै प्रति निर्देशक समाजका वर्तमान पदाधिकारीहरु मात्र होइन सबै नेपाली चलचित्र विकासका पक्षधरहरु आभारी हुनै पर्ने बुझाई व्यक्त गर्दछौं । यो संकट पश्चात सबै निर्देशक सदस्यहरुको चाहना र सल्लाह एवं नेपाल चलचित्र निर्देशक समाजको विधान – २०५७ को प्रावधान अनुसार पुर्णता दिइएको कार्यसमिति यस प्रकार रहेको छ ।

१. अध्यक्ष        – श्री दिनेश डिसी
२. निवर्तमान अध्यक्ष    – श्री विमल पौडेल      
३. उपाध्यक्ष        – श्री सुचित्रा श्रेष्ठ      
४. उपाध्यक्ष        – श्री सुमन दाहाल      
५. महासचिव        – श्री नीलहरि काफ्ले     
६. सचिव        – डा. घनश्याम खतिवडा
७. कोषाध्यक्ष        – श्री योगेश घिमिरे 

८. सह कोषाध्यक्ष    – श्री शेखर खनाल  

९. सदस्य        – श्री आर. बि. खत्री (शरद)

१०.सदस्य        – श्री सम्झना उप्रेती रौनियार

११. सदस्य        – श्री रक्षा सिंह राणा

१२. सदस्य        – श्री महेश प्र. ढुङ्गेल

१३. सदस्य        – श्री अमोल शर्मा
बाँकि दूई सदस्य पछि मनोनयन गरि सार्वजनिक गरिनेछ ।
जे होस् ! व्यक्तिगत या चलचित्र इतर समुह तथा झुण्डको फरक फरक चाहनाबाट उप्रान्त नेपाली चलचित्र सम्बन्धि कुनै पनि संघ सँस्था कुनै पनि समस्यामा पर्नुहुँदैन र कुनै संकट परेमा यसरी नै सबै संघ सँस्थाको सहयोग जुटेर त्यस्तो वाह्य आक्रमण विफल बनाउन हामी चलचित्रकर्मीहरु सदैव सफल बनौं भन्ने कामना व्यक्त गरिन्छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु