निशाको विहे सार्वजनिक, रेजिना गर्दै

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७०, शुक्रबार

काठमाडौं, ८ फागुन । रेजिना उप्रेति र निशा सुनार कुनै समय असाध्यै  मिल्ने साथी हुन् । संयोगले यी दुईको विवाहको प्रसंग सँगै सार्वजनिक भएको छ । अभिनेत्री रेजिना उप्रेती १० फागुनमा लण्डनमा बस्दै आएका ट्राभल्ल व्यसायी सुरज पोखरेलसँग लगनगाँठो कस्दैछिन् । भने निशाले शंकरसँग विवाह गरेको तस्बिर सार्वजनिक गरेकी छिन् । आफू निर्मित चलचित्र ‘वरदान’ पछि रेजिनाको अभिनयकारिता पातलिँदै गएको थियो । एक समय आफ्नो हट छविका कारण चर्चामा आएकी रेजिनालाई चलचित्रमा देखिन छाडेपछि उनका शुभचिन्तक तथा दर्शकले समेत खोजिरहेका थिए । यसैबेला उनी आफ्नो बिहेको निम्तोसहित देखा परेकी हुन् । रेजिना र सुरजको केही वर्षयता प्रेम चलिरहेको थियो । र, आफ्नो प्रेमसम्बन्धलाई सुरज र रेजिनाले हालै बिबाहमा परिणत गर्ने निर्णय गरेका हुन् ।

नेपाली रजपटमा हराएकी बेला रेजिना लण्डनमै प्रेमी सुरजसँग बस्दै आएकी थिइन् । उनले लण्डनमै विवाहको लगन जुराएर नेपाल फर्किएकी हुन् । रेजिना र सुरजले नजिकका साथीभाई र आफन्तको उपस्थितिमा मन्दिरमा टिकाटालो गरेपछि कलंकीस्थित मेघा ब्याङकेट, पार्टी दिने जनाएकी छन् । बिहे भोजमा भने चलचित्रकर्मी तथा पत्रकारलाई समेत निम्त्याउने भएकी छन् । यसैगरी गायिका निशा सुनार र शंकर विसी लिभिङ टुगेददरलाई विवाहमा परिणत गरेको केही समय बितिसकेको छ । तर, उनीहरु आफूहरुबिचको सम्बन्धबारे खुल्न चाहदैनन् । केही समयअघि अमेरिका पुगेकी निशाले भने शंकरसँगको सम्बन्ध प्रष्ट्याएकी छिन् । अर्थात् उनले हालै विवाहको तस्बिर सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएकी हुन् । उनले सार्वजनिक गरेका विवाहका तस्बिरमा शंकरले सिउदो भरेकोदेखि निशाले मण्डपबाटै अथिति सत्कार गरेकोसम्म छन् । शंकरकी छोरी पेटमा हुर्काइरहेकी निशा यतिबेला अमेरिकामा छिन् । उतै बस्ने प्रक्रिया मिलाइरहेको बुझिएको छ । ग्रिन कार्ड लिने तयारीमा रहेकी उनी पनि नेपाल रहुन्जेल शंकरसँगको सम्बन्धलाई औपचारिक रुपमा खोल्न हिचकिचाउथिन् । केही साथीभाईको माझमा बिवाह गरेर कोर्टमा गई विवाह दर्ता पनि गरेको बुझिएको छ । यो निशा र शंकर दुईटैको दोस्रो विवाह हो ।

nisha_shankar3 nisha_shankar2 nisha_shankar1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु