निशानको ‘भुन्टी’ सार्वजनिक भएसँगै लगातार ट्रेन्डिङमा !

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७५, बुधबार


ज्येष्ठ १६, काठमाडौं । नेपाल आइडलका फस्ट रनरअप गायक निशान भट्टराईले ‘भुन्टी’ बोलको गीत सार्वजनिक भएसँगै यूट्यूवमा उक्त गीत नम्बर १ ट्रेन्डिङमा पर्न सफल भएको छ । शुक्रबार रिलिज गरिएको गीत आइतबार बिहानैबाट नेपालमा १ नम्बरमा उक्लेको हो । त्यसयता हालसम्म लगातार १ नम्बर ट्रेन्डिङमै रहीरहेको गीतको भिडियोमा निशानलाई एलिशा राईले साथ दिएकी छन् ।

श्रीमान श्रीमतीको विगतमा केमेस्ट्रिलाई सम्झाउन खोजिएको उक्त भिडियोमा एलिशा निशान दुवैले दमदार अभिनय पस्केका छन् ।

पश्चिमी लोकभाकामा गाइएको यो गीत राजेन्द्र भट्टले लेखेका हुन् । संगीत पनि उनैले दिएका छन् । गीतको मेलोडी, स्वर र भिडियोले तारिफ पाएको छ । गीतमा निशानको नृत्यकलाको झलक पनि देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु