निश्चल र स्वस्तिमाको विहे यस्तो

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७२, बिहीबार

काठमाडौं । निर्देशक निश्चल बस्नेतले मोडल तथा अभिनेत्री स्वस्तिमा खड्कासँग विवाह गरेका छन् । ३४ वर्षिय निश्चलले २० वषकी स्वस्तिमासँग तिनकुनेस्थित एक पार्टी प्यालेसमा बिहे गरेका हुन् ।

निश्चलले अहिलेसम्म केवल २ वटामात्रै चलचित्रको निर्देशन गरेका छन् । तर उनले निर्देशन गरेका दुईवटै चलचित्र हिट छन् । निश्चल परम्परागत धार ब्रेक गर्दै लूट चलचित्र बनाएर चर्चामा आएका थिए । यो चलचित्र सुपरहिट भयो ।

त्यसपछि उनले निर्देशन गरेको टलक जंग भर्सेज टुल्के समिक्षकहरुको दृष्टीमा निकै उत्कृष्ट ठहरियो । उनले कबड्डी तथा कबड्डी चलचित्रमा र टलक जंग भर्सेस टुल्केमा अभिनय गरेका छन् ।

Nischal &  swostima-bihe

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु