नुवाकोटमा भट्टराईले गरे बबाल

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७१, शुक्रबार

नुवाकोट, १० असोज । जता गयो उतै बबाल गर्दै हिंडेका रमशेशराज भट्टराईले नुवाकोट महोत्सवमा पनि बबाल गरे । दसैंको अवसरमा आयोजना गरिएको नुवाकोट दसैं महोत्सवमा पनि बबाल नै गरे । पछिल्लो समयका राम्रा संगीतकार एवं गायक रमेशराज भट्टराईले नुवाकोटमा जारी दसैं महोत्सवका अवसरमा आफ्नो पछिल्लो गीत बबाल भो बबाल भो गाएर दर्शकहरुलाई नचाएका थिए । भट्टराईका अलावा महोत्सवमा लोक गायक कृष्ण रेउले, उद्धब कार्की, दिनेश थापा, गायिका सम्झना लामिछाने मगर, रिता बुढाथोकी, शर्मिला लामा, गीता रेउले, चन्दा अर्याल लगायतले पनि आफ्नो प्रस्तुति दिएका थिए ।
महोत्सवकै अवसर पारेर नुवाकोट जिल्लाबाट प्रकाशन भइरहेको सुन्दरादेवी साप्ताहिकको वार्षिकोत्सव पनि मनाइएको थियो । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम मनाइएको थियो । कार्यक्रममा चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, पत्रिका संरक्षक एवं राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वागमती अञ्चलका सल्लाहाकार बुद्धि सागर लामिछाने, पत्रकार एवं लेखक सरोज प्याकुरेल अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए । उक्त अवसरमा अतिथिहरुलाई पत्रिकाको तर्फबाट सम्मान पनि गरिएको थियो । नुवाकोट जिल्लाको खेलकुदलाई योगदान दिएको भन्दै आई टि एफ तेक्वान्दोका प्रमुख पशिक्षक बाशुदेब भट्टलाई सम्मान गरेको छ । यसैगरी साप्ताहिकले स्तम्भकार चन्द्रलाल तमाङ र सम्पादक अर्जुन ढुंगेललाई पनि सम्मान गरेको थियो ।

10342803_664427393652551_2186457338531868798_n (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु