नृत्य संघको अध्यक्षमा पाख्रिन

म्यूजिक खबर
प्रकाशित: ११ चैत्र २०७२, बिहीबार

नेपाल चलचित्र नृत्य संघको राजधानीमा सम्मन्न सधारण सभाले दिनेश पाख्रिनको अध्यक्षतामा १३ सदसिय कार्य समिति चयन गरेको छ । चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईको पहलमा सम्पन्न कार्यक्रमा बरिष्ठ नृत्य निर्देशक राजु शाह, वसन्त श्रेष्ठ, कमल राई लगायतका चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेपाल चलचित्र नृत्य संघको नयाँ कार्य समितिमा अध्यक्ष दिनेश पाख्रन, उपाध्यक्ष गाविन्द प्रभात, जनक कार्की, महासचिव महेश गोदार, सचिव दिपेन्द्र तिमलसिना, कोषाध्यक्ष रेनिसा श्रेष्ठ, उपकोषाध्यक्ष लिलाधर भट्टराई, सदस्यहरुमा सोनि गुरुङ,गोपाल अधिकारी नारायण रिजाल, गम्भीर बिष्ट, दिपक श्रेष्ठ, सोम लाला रहेका छन् । राजु शाह अध्यक्ष रहेको चलचित्र नृत्यकार संघ, अच्युत घिमिरे अध्यक्ष रहेको नेपाल चलचित्र नृत्य निर्देशन संघ र दिनेश पाख्रीन अध्यक्ष रहेको नेपाल चलचित्र नृत्यकार संघ गरी तीन संघ मिलेर नेपाल चलचित्र नृत्य संघ बनेको हो ।

dinesh2

dinesh3

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु