नेतादेखि कलाकार मिलेर मनाए गीतकार पाठकको जन्मदिन

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७४, शनिबार

८ पुष, काठमाडौं । गीतकार दिपकराज पाठकको ३९ औं जन्मदिन मनाउन नेतादेखि कलाकारको उपस्थिति थियो । गीतकार दिपक राज पाठकले बिहिबार आफ्नो ३९ जन्मदिन मनाएका छन् । आफ्नो ब्यबसायको साथै गीत संगीतालाई पनि अघि बढाउदै आएका पाठकले बिहिबार राजधानीको तिलगंगामा रहेको प्रान्च क्याफे एण्ड रेस्टुरेन्टमा आफ्नो ३९ जन्मदिन मनाएका हुन् सिमित साथीभाई संगको माहोलमा उनले केक काटेका थिए ।

पूर्व मन्त्री भगवती चौधरी तथा पूर्व प्रधानमन्त्री के.पी.शर्मा वलीको बिशेस सल्लाहकार निरु पालदेखि गायिका रानु निरौला र संचारकर्मी प्रकाश सुबेदी, कलाकार रामचन्द्र अधिकारी, निर्देशक समन अधिकारी, मोडल सुप्रिया कटवाल लगायत आफन्तजनको उपस्थित थिए ।


सानो जमघट भएपनि निकै राम्रो भयो  यो जन्मदिनले मलाई अझ थप हौसला दिएको छ, सबैको साथ र सहयोग मिल्न्नेमा म विश्वस्त छु, गीतकार पाठकले भने । हाम्रो तर्फबाट पनि गीतकार दिपकराज पाठकलाई जन्मदिनको लाखौलाख शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु