‘नेपाली तारा–२०१५ कतार’ को फाइनल शुक्रबार

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७२, बुधबार

काठमाण्डौ । पछिल्लो समयमा प्रतिभाशाली व्यक्तित्वको खोजी गर्ने उदेश्यले विभिन्न इभेन्टहरुको आयोजना हुने गरेको छ । यस्ता किसीमका इभेन्टका आयोजनाले प्रतिभा भएर पनि देखाउन नपाएकाहरुको लागि विशेष प्रभाव पारेका हुन्छन् । यस्तै पछिल्लो समयमा प्रतिभाशाली व्यक्तित्वको छनौट गर्ने उदेश्यले ‘गैरआवासीय नेपाली तारा– २०१५ कतार’ को पनि आयोजना गरिएको समाचार छ । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतिभाहरुको खोजी गरौं’ भन्ने अभियान सहित कार्यक्रम आयोजना भएको हो । आउँदो शुक्रबार फेब्रुवरी २६ का दिन भव्य समारोह गरेर प्रतियोगीहरुबाट ‘नेपाली तारा–कतार’ को छनौट गरिने जानकारी म्यूजिक खबर डटकमलाई आएको छ । फाइनल चरणमा पुगेका १० जना प्रतियोगीहरु मध्येबाटे ‘नेपाली तारा–२०१५ कतार’ को छनौट हुनेछ ।mangal_bk
विदेशी भूमि कतारमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर लागिरहनु भएका गायक तथा संगीतकार मंगल बि.क. र गायिका देबिका केसीले ‘नेपाली तारा–कतार’ मा निर्णायकको भूमिका निर्वाह गर्नुहुने छ । फाइनलमा भव्य र सभ्य बनाउनका लागि सञ्जिव सिंह र रिश्मा गुरुङ्गको पनि प्रस्तुति रहने छ । त्यस्तै कार्यक्रममा कतारका स्थानिय नेपाली कलाकारहरुको पनि प्रस्तुति रहने छ भने कार्यक्रम सफल बनाउन सम्पूर्ण तयारी पुरा भएको आयोजकको दाबी छ । कार्यक्रमलाई तमु सांस्कृतिक परिवार कतारले आयोजन गरेको हो ।nepali tara _qatar

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु