नेपाली मन्दिर बनाउन सांस्कृतिक कार्यक्रम

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७१, सोमबार

बैंकक, २४ भाद्र । थाइल्याण्डको बैंककमा नेपाली मन्दिर निर्माण गर्नका लागि विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । मन्दिर निर्माणको सहयोगार्थ गरिएको सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट गायक शशान कँडेल र निराजन कँडेलले गीत प्रस्तुत गरेका छन् । त्यस्तै पछिल्लो समयका आशालाग्दा मोडल आकर्षण पोखरेल, जेसिका ज्ञवाली, लक्ष्मी पौडेल र कविता थापाले विशेष नृत्य प्रस्तुत गरेका छन् । थाइ नेपाल फाउन्डेसनको आयोजनामा गरिएको उक्त कार्यक्रमले नेपाली कला संस्कृतिको संरक्षण गर्नुका साथै धर्मको महत्वलाई थाइल्याण्डका नेपालीका माझ जागरुक गराउने भएको कार्यक्रमका सहसंयोजक राजेश खड्काले बताए । त्यस्तै नेपाली कला संस्कृतिलाई विश्वव्यापीकरण गर्ने क्रममा नेपाली कल्चरलाई थाइल्याण्डमा देखाउन खोजिएको फाउण्डेशनका अध्यक्ष गोमनाथ बास्तोलाले बताए । थाइल्याण्डस्थित नेभी फिरम होटल हुवा हिनमा भएको उक्त कार्यक्रममा नेपाली कलाकारहरुको प्रस्तुतिलाई हेर्न दर्शकको बाक्लो उपस्थिति भएको थियो । सांस्कृतिक कार्यक्रम सकिएपछि गायक शशान कँडेलको टोलीले म्यूजिक भिडियोको छायाँकन समेत थाइल्याण्डमा गरेर फर्किएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु