नेपाली म्युजिक भिडियोमा भारतीय मोडल (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७२, शुक्रबार

कलिवुड भनौं या नेपाली कलाकारहरु बलिउड जाने सपना बोक्नु कुनै नौलो कुरा होइन । भारतीय रंगीन नगरीमा प्रबेश गर्न पाए हुन्थ्यो भन्ने सोचाई हरेक नेपाली कलाकारको मनमा उब्जिने गरेको हामीले अनुमान लाउन सक्छौं । किनभने विश्व बजारमै ठूलो मानिन्छ बलिउड उद्योग । भने नेपालको कलिउड अत्यन्तै सानो मानिन्छ । केही नेपाली कलाकार बलिउड तथा अन्य देशको सिने नगरीमा प्रवेश गर्नासाथ आफूलाई नेपाली भन्न पनि सर्माउने गर्छन् । ,तर अब समय बदलिएको छ र हलिवुडका धेरै कलाकारहरु हिन्दि फिल्ममा खेल्न चाहन्छन र केहि हिन्दि फिल्मका कलाकारहरु नेपाली फिल्ममा वा नेपाली म्युजिक भिडियोमा देखा पर्न चाहन्छन् । यसको एक पात्र हुन् भारतिय मोडल रोशनी । रोशनी भारतीय बजारमा एक स्थापीत भइसकेकी मोडल हुन् । तर कलाको कुनै सीमा हुँदैन भन्ने मान्यतालाई आत्मसाथ गर्दै उनी हालै रेबेल क्रियसनले सार्बजनिक गरेको ‘सकिन यो मनलाई ढाँट्न’ बोलको गीतमा सार्वजनिक भएकी छिन् ।

sakina yo manlai 1

विभिन्न पन्जाबी, हरियाणी गीत तथा टेलिफिल्महरुमा अभिनय गरेकी उनले पहिलोपटक नेपाली भिडियोमा अभिनय गरेकी हुन् ।
राम सिटौलाको शब्द सङ्गीत रहेको यो गीत श्याम कार्कीको एल्बम दुर्इ हजार पन्ध्रमा समावेश छ। बिभोर पोख्रेलको निर्देशन रहेको उक्त भिडियोको सम्पादन जीवन थापाले गरेका हुन् ।

sakina yo manlai
हेर्नुस यो म्युजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु