नेपाल आउँदै सन्नी लियोन

म्यूजिक खबर
प्रकाशित: ९ चैत्र २०७०, आईतवार

काठमाडौं । पोर्न मुभी खेलेर चर्चा कमाइसकेपछि बलिउडमा प्रवेश गरेकी अभिनेत्री सन्नी लियोन नेपाल आउने भएकी छिन् । उनले आफ्नो ट्वीटरमार्फत् आफू नेपाल आउन लागेको कुरा उल्लेख गरेकी छिन् । उनले आज विहान ट्वीटरमा लेखेकी छन् – ‘मनिर्ङ एभ्रीवान ! ह्याप्पी सन्डे ! अफ टू नेपाल टुडे ! लुकिङ फरवाडए टू लिटिल विट अफ वर्क एन्ड देन अ लिटिल बिट अफ रिल्याक्सेसन !’ किन, कहाँ र के कारणले नेपाल आउने नखुलाई गरिएको ट्वीटपछि धेरैले उनलाई यस्ता प्रश्न गरेका छन् । तर, उनले उत्तर दिएकी छैनन् । यतिबेला उनको फिल्म ‘रागिनी एमएमएस २’ रिलज भएको छ । बक्स अफिसमा राम्रो ओपनिङ पाएको फिल्मको नेपालमा भने अपेक्षित ब्यापार छैन । भारतका विभिन्न हलमा पहिलो दिनमै ८.७५ करोडको व्यापार गरेको फिल्मले नेपालमा भने नेपाली फिल्म ‘फिटकिरी’ जत्तिको कलेक्सन गरिरहेको छैन ।
फिल्मको प्रमोशनका लागि सन्नी भारतका विभिन्न शहर घुमिरहेकी छिन् । सायद नेपालमा उनलाई फिल्मको ब्यापार अपेक्षित नभएको खबर नेपाल डिष्ट्रब्युटरले पु¥याएको हुनुपर्छ । त्यसैले उनले पब्लिसिटीका नेपाल फन्डा अपनाएको हुनसक्ने ट्वीट पढेका धेरैको अनुमान छ । हरर कथावस्तुमा तयार भएको यो फिल्ममा सन्नी टपलेस देखिएकी छिन् । सन्नीको हट दृष्य र आक्रमक प्रचारले फिल्मलाई फाइदा पु¥याइरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु