नेपाल आमा बजारमा

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७१, बुधबार

काठमाडौं, २८ जेठ । मोफसलमा रहेर गीतसंगीतमा लामो समयदेखि निरन्तर लागिरहेकी गीतकार पूजा मारियाको नेपालमा आमा भर्खरै विमोचन गरिएको छ । मारियाको पहिलो गीतिएल्बम नेपाल आमामा सुमित खड्का, प्रमोद खरेल, रजिना रिमालको स्वर समावेश गरिएको छ भने संगीत राम सिटौला, बालन्द राई, सुमित खड्काको रहेको छ । सात वटा गीत समावेश गरिएको यस एल्बममा स्वाभिमानी बनी हामी, पसिना मागे पसिना दिन्छुलगायतका गीत रहेका छन् । सानै उमेरदेखि गीतसंगीत तथा साहित्यमा लागेकी पूजा मारिया मोफसलमा बसेर पनि आफूमा भएको क्षमता देखाउन सकिने बताउँछिन् । चाँडै नै अर्को आधुनिक एल्बम निकाल्ने सोचमा रहेकी पूजाको नेपाल आमा एल्बम बिक्रीबाट उठेको ५० प्रतिशत रकम विराटेश्वर बृद्धाश्रम विराटनगरलाई दिइने भएको छ । प्रमुख अतिथि वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल, संगीतकार राम सिटौला, गायक प्रमोद खरेल, नायक धिरेन शाक्यलगयातले संयुक्त रुपमा विमोचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, गायक, गायिका र संगीतकारलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु