नेपाल टेलिकमबाट २७ लाख रोयल्टी

म्यूजिक खबर
प्रकाशित: २५ आश्विन २०७१, शनिबार

काठमाडौं, २५ असोज । गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेको संस्था संगीत रोयल्टी संकलन समाजले नेपाल टेलिकमबाट २७ लाख रोयल्टी संकलन गरेको छ । संगीत रोयल्टीका विषयमा केही समययता मात्र सम्झौता भएको भए पनि समाजले छोटो समयमा २७ लाख रोयल्टी संकलन गर्न सफल भएको समाजका अध्यक्ष सुरेश अधिकारीले बताए । विगत ८ वर्षको रोयल्टी १६ लाख मात्र उठेको थियो भने गत मंसिरदेखि असारसम्म २७ लाख रुपैयाँ संकलन गर्न समाज सफल भएको हो । गीतकार र संगीतकारको हकअधिकारका पक्षमा उनीहरुको बौद्धिक सिर्जनाबाट प्राप्त हुने रोयल्टीका बारेमा आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको समाजले नेपाल टेलिकमबाट २७ लाख संकलन गरे पनि अन्य क्षेत्रबाट पनि रोयल्टी संकलनको कार्य अघि बढिरहेको अधिकारीले बताए । नेपाल टेलिकमबाट भने अब निरन्तर रुपमा रोयल्टी संकलन भइरहने र एफएम, टेलिभिजन लगायतबाट पनि रोयल्टी संकलन गर्न पहल भइरहेको अध्यक्ष अधिकारीले म्यूजिकखबरलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु