नेफ्टा छोडेपछि म्यूजिक भिडियो अवार्ड

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७२, मंगलवार

चलचित्र प्राविधिक संघको महासचिवदेखि अध्यक्षसम्म कार्यभार सम्हालेर निवर्तमान भएका मनोज केसीले अब म्यूजिक भिडियो अवार्ड गर्ने भएका छन् । नेफ्टा फिल्म अवार्ड आएका केसीले प्राविधिक संघको जिम्मेवारीबाट बाहिरिएपछि ‘नेपाली म्युजिक भिडियो अवार्ड–२०१६’ गर्ने घोषणा गरेका हुन् ।
आफु स्कुले जीवनदेखि विभिन्न अवार्डमा सहभागी हुँदै आएकाले त्यसैलाई निरन्तता दिन यो अवार्ड गर्न लागेको पनि उनले बताए । नेफ्टा फिल्म अवार्डको जिम्मा प्राविधिक संघका पदाधिकारीलाई दिएर आफुले नेपाली म्युजिक भिडियो अवार्ड गर्न लागेको हुँ ।’ उनले सोमबार साँझ अवार्डको घोषणा गर्दै भने,‘ थुप्रै नायक नायिक म्युजिक भिडियोबाटै आएका हुन् । तर पनि यसको छुट्टै अवार्ड हुन नसकेकाले म्युजिक भिडियोको विकाश र विस्तारसँगै यो क्षेत्रमा लागेकाहरुको प्रोत्साहनको लागि म्युजिक भिडियो अवार्ड गर्न लागेको हुँ ।’

music vdo award

केसीका अनुसार भिडियो अवार्ड आगामी चैत अन्त्यसम्म हुने छ । अवार्डको लागि सम्बन्धित विधा चाँडै घोषणा गरिने पनि उनले बताए । नेपाल चलचित्र चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले कार्यक्रममा आयोजक केसीलाई व्यक्ति हेरेर भागबण्डा गुर्न भन्दा गुणस्तर हेरेर अवार्ड प्रदान गर्न सल्लाह दिएका थिए । त्यस्तै अवार्डका सल्लाहकारसमेत रहेका पत्रकार भरत शाक्यले अवार्डका विधा अन्तराष्ट्रिय रुपरेखामा तयार गरेर मात्र म्युजिक भिडियो आह्वान गर्न मनोज केसीलाई सुझाब दिएका थिए ।

nepali music video-award

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु