‘नेशलन गजल अवार्ड’ डब्बु, हरि र मनोजले पाए

म्यूजिक खबर
प्रकाशित: ३१ भाद्र २०७२, बिहीबार

काठमाडौं । १५० औं मोती जयन्तीको अबसरमा राप्ती समाज काठमाडौले यस वर्षको सर्वोत्कृष्ट गजल बिधाको ‘नेशलन गजल अवार्ड’ तिनजना सँगीतकर्मीलाई प्रदान गरियो । समाजले २०७१ साल भरी रेकर्ड भएका प्रशारणमा आएका एक सय भन्दा बढी गजलबाट सर्वोत्कृष्ट गजल रचना तर्फको ‘नेशलन गजल अवार्ड’ साउनको भेल जस्तो मेरो जोवन…गजलका लागि क्षेत्रीलाई प्रदान गरेको हो । निशा देशार र राजेश पायल राईको स्वर तथा जुगल डँगोलको सँगीत रहेको यो गजल यस वर्षका म्युजिक खबर अवार्ड, इमेज अवार्ड सहित विभिन्न प्रतियोगितामा मनोनयनमा परेका छ ।
यस्तै गायक मनोरराजलाई बर्षको सर्वोत्कृष्ट स्वर तर्फ ‘नेशनल गजल अवार्ड’ ज्युँदै म लडेको…गजलबाट प्रदान गरियो । सोही गजलबाट सँगीतकार हरि लम्साललाई वर्षको सर्वोत्कृष्ट सँगीत तर्फको ‘नेशनल गजल अवार्ड’ प्रदान गरियो । शनिबार राजधानीमा सम्पन्न मोती जयन्ती कार्यक्रममा अग्रज गजलकार ललितज रावल, गायिका कुन्ती मोक्तान, राप्ती समाज काठमाडौंका अध्यक्ष शशी शर्मा मजगौयाँ लगायतले सो अवार्ड प्रदान गरेका थिए । रोल्पाका गजलकार रमेश सुवेदीलाई लामो समयदेखि गजल क्षेत्रमा निरन्तर योगदान दिएको भन्दै कार्यक्रममा अभिनन्दित गरियो ।

national gajal award grahan gardai dabbu kshetri

राप्ती समाज काठमाडौंका अध्यक्ष मजगैयाँद्धारा रचित तथा सन्तोष श्रेष्ठद्धारा सँगीतबद्ध गजलसँग्रह ‘परिभाषा’को बिमोचन सोही कार्यक्रमा अग्रज सँगीतकार दिपक जँगमले गरे । कार्यक्रममा जँगमले नेपाली गजल लेखनका बिकाश भए पनि नेपाली गजल गायन अझै पछि परेको बताए ।
नेपाली गजल विधाको विकाश र विस्तारका लागि आफुहरुले वर्षभरी रेकर्ड भएका उत्कृष्ट गजलहरु मध्यबाट उत्कृष्ट गजल रचना, सँगीत र स्वर तर्फको ‘नेशलन गजल अवार्ड’ प्रदान गर्दै आएको राप्ति समाजका अध्यक्ष मजगैयाँले कार्यक्रममा प्रकाश पारे । राप्ति समाजले गरेका विभिन्न कार्यक्रमबारे पनि उनले जानकारी गराएका थिए ।
सोही क्रममा सँगीतकार सन्तोष श्रेष्ठले कार्यक्रममा राप्ति अञ्चलको गजल बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्र माथि राप्तीकै स्रस्टा कमलमणि देबकोटाले टिप्पणी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु