पंगेनी, शर्मा र बिसीको समूह राहत बितरणमा

म्यूजिक खबर
प्रकाशित: २० बैशाख २०७२, आईतवार

काठमाडौं । लोकगायक बद्री पंगेनी, गायक हेमन्त शर्मा, गायिका रमिला न्यौपाने र निर्देशक शंकर बिसीको एक समूह काठमाडौंको विभिन्न ठाउँहरुमा राहत बितरणको कार्यमा जुटेका छन् । गत शनिबार गएको भुकम्पमा परी आपतविपत खेपिरहेका काठमाडौंका विभिन्न क्षेत्रका जनताहरुमा केही भए पनि सहयोग गरौं भन्ने भावनाका साथ उनीहरुले राहत बितरण कार्यलाई तीब्रता दिएका हुन् । काठमाडौंको गोलढुंगा, काभ्रेस्थली लगायतका केही क्षेत्रहरुमा पुगेर उनीहरुले शुक्रबार राहत बितरणको कार्यलाई जारी राखेका हुन् । पेय पदार्थ, विस्कुट, चाउचाउ जस्ता खाद्यवस्तुहरु, माक्स लगायतका सामग्रीहरु उनीहरुलाई भुकम्प पीडितहरुलाई बितरण गरेका हुन् ।
त्यस्तै शनिबार काठमाडौंको धर्मस्थली, नारायण चौर लगायतका क्षेत्रमा अभिनेत्री करिश्मा मानन्धर, दीपाश्री निरौला, शंकर बिसी, राजकुमार राई, पल्पसा डंगोल लगायतका कलाकार टोली पुगेर राहत बितरण गरेका छन् । राजधानीको छेउमा रहेका यी क्षेत्रमा सरकारी तबरबाट त परै जाओस् कुनै पनि संघसंस्थाले समेत ध्यान दिन नसकेको अवस्थामा कलाकारहरु पुगेर राहत बिरतण गरिएको उनीहरुले बताएका छन् ।

shankar rajkumar rai hemanta sharma

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु