‘पञ्चायत’ को पहिलो गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: २१ आश्विन २०७४, शनिबार

असोज २१, काठमाडौं । ५० बर्ष पुरानो कथामा बनेको फिल्म ‘पञ्चायत’ को पहिलो गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘छोरीको कर्म’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सरु गौतमको आवाज रहेको छ । शिवम अधिकारीको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ ।

नायिका नीता ढुंगानाले अभिनय गरेको गीतमा नारीको पीडालाई देखाइएको छ । फागुन १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्ममा नीताका अलावा सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।

‘पञ्चायत’लाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्। ‘पञ्चायत’ को लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् ।

नेपाली फिल्म ‘पञ्चायत’ को पहिलो गीत : 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु