पत्नी वियोगमा भावविव्हल मदनकृष्ण !

म्यूजिक खबर
प्रकाशित: २० चैत्र २०७४, मंगलवार

चैत्र २०, काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ । सुवेदीको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए ।

लामो समयदेखि क्यान्सरबाट ग्रसित यशोधाको गए राति पौने ११ बजे उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो।

कलाकार मदनकृष्णले यशोदा सुबेदीसँग २०३० सालमा अन्तरजातीय विवाह गरेका थिए।

मदनकृष्ण पत्नी यशोदालाई पहिले आन्द्राको क्यान्सर, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर भएको थियो। क्यान्सरका कारण पछिल्लो समय उनको दुवै खुट्टा नचल्ने भएका थिए।

निधनको खबर लगत्तै अस्पतालमा श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो । उनका एक छोरा यमन र छोरी सरना छन्। छोरा यमन श्रेष्ठले दागबत्ती दिएका थिए।

तस्बिर : नारायणी अनलाइनबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु