पत्रकारको स्याउली सिम्पानी

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७०, शुक्रबार

युवा पत्रकार तथा साहित्यकार रामकुमार एलनको उपन्यासकृति ‘स्याउली सिम्पोनी’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कृतिको विमोचन गरेका थिए । पुस्तक विमोचनपछि नेता नेपालले जनयुद्धका घटनालाई केलाएर साहित्यिक पुस्तक प्रकाशन गरिँदा सर्वसाधारणले पाएको पीडा बाहिर आउने बताए । पत्रकार एलनको ‘स्याउली सिम्पोनी’ पहिलो उपन्यासकृति हो ।
कार्यक्रममा विमोचित कृतिको चर्चा गर्दै नेता नेपालले राजनीतिका विषयमा लेखिने साहित्यले समाजलाई नयाँ बाटोका लागि सहयोग पुग्ने बताए । उनले भने, ‘द्वन्द्वका विषयमा साहित्य लेखिन बाँकी छ । केही यस्ता विषयवस्तुमा लेखिँदै आएका पनि अझै लेखिनुपर्छ ।’ उनले राजनीतिक व्यतिmले पनि द्वन्द्वका विषयमा लेखिएका साहित्यिक कृति अध्ययन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा वरिष्ठ साहित्यकार श्यामलले द्वन्द्वका विषयमा आख्यान लेखिएको र यसले समाजको ओझेलमा परेको पाटो बाहिर ल्याएको बताए । उपन्यासकार रामकुमार एलनले जनयुद्धका पेरिफेरिमा निम्छराले पाएको सास्ती उपन्यासमा समेटिएको बताए । ‘स्याउली सिम्पानी’ बिएन पुुस्तक संसार प्रालिले प्रकाशन गरेको हो । प्रकाशनका अध्यक्ष विष्णुकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम साहित्यकार तथा पत्रकार स्वागत नेपालले सञ्चालन गरेका थिए । कार्यक्रमका विभिन्न साहित्यिक व्यक्तित्वहरुको उपस्थिति थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु