पत्रकारत्रय-तुलसी, गिता र आरके सम्मानित हुने !

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०७४, मंगलवार

मंसिर १२, काठमाडौं । पत्रकारिता माध्यमबाट नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएका ३ रंग पत्रकारहरुलाई नेपाली चलचित्र कलाकार संघले सम्मान गर्ने भएको छ । नेपाल चलचित्र कलाकार संघको कार्य समितिको बैठकले यो बर्षको ‘चलचित्र कलाकार संघ पत्रकारिता पुरस्कार २०७४’ बाट पत्रकारहरु तुलसी गिरी ‘भावुक’, गिता अधिकारी र आरके सुवेदीलाई दिने निर्णय गरेको हो ।

तुलसी गिरी म्यूजिक डायरी मासिका प्रधान सम्पादक हुन् भने गिता अधिकारी मिलाप मासिककी कार्यकारी सम्पादक हुन् । त्यस्तै आरके सुवेदी बक्स–अफिस पत्रिकाका प्रधान सम्पादक हुन् ।


यस्तै चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार २०७४बाट मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गरिने भएको छ ।
यसैगरी शान्ति मास्के पुरस्कारबाट आर.पि. पन्त, विशेष सम्मान गेहेन्द्र धिमाल र वसन्त श्रेष्ठ, नव प्रतिभा सम्मान दीपिका प्रसाईं, सेवा सम्मानबाट राजेन्द्र शलभ, शम्भु निरौला, जय श्रेष्ठ र प्रकाश धिताललाई प्रदान गरिने संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी गराए ।

सम्मान तथा पुरस्कारका लागि लागि सिफारिस हुनु भएका सम्पूर्ण पत्रकार तथा कलाकारहरुलाई म्यूजिक खबरका तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु