पत्रकार रविन्द्र मिश्रको छातीमा गोपाल योञ्जन

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

रविन्द्र मिश्र सामाजिक उत्तरदायित्वको प्रवर्धन गर्ने किसीमको परोपकारी र व्यवहारिक पत्रकारिताको पर्याय नाम हो । साढे दुई दशक अघि आर आर क्याम्पसबाट पत्रकारितामा स्नातक गरि पाकिस्तान र बेलायतबाट राजनीतिक पत्रकारिता गरेका रबिन्द्र मिश्रको स्तम्भ लेखन र रेडियो पत्रकारितामा विशिष्ट पहिचान छ । बि.बि.सि. नेपाली सेवाको सम्पादक समेत रहेका मिश्रले हाल छातीमा गोपाल योञ्जनलाई बोकेर हिंडेका छन् । दार्शनिक गीतकार, संगीतकार, गायक र प्रखर राष्ट्रवादी स्व. गोपाल योञ्जनको फोटो सहितको टिसर्ट लगाएर उनी सार्वजनिक भएका छन् ।

मिश्रले योञ्जन र उनको सृजना प्रति गर्ने सम्मान बुझेर उनकै श्रीमतीबाट उपहार स्वरुप पाएको उक्त टिसर्टमा गोपाल योञ्जनको रेखाचित्रसँगै छापिएको गीतको पहिलो दुई हरफ यस्तो छः

देशले रगत मागे मलाई बली चढाउ
रूँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी ।।।
पत्रकारितामा अग्रणी भूमिका निर्वाह गरिरहेका मिश्रले कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्क प्राली मार्फत विकट ठाउँ, अशिक्षित र विपन्न वर्गको जिवन सहज बनाउन क्रियाशिल रहँदै आएका छन् । दिपक रौनियार निर्मित फिल्म हाइवे मा समेत अभिनय गरेका मिश्र बहुमुखी प्रतिभाका धनि हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु