पत्रकार सविन शाक्यद्धारा आत्महत्या

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७४, शुक्रबार

असार २३, काठमाडौं । अग्रज चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रबार साँझ शाक्यले करिब ५ बजे आफ्नो कोठामा पासो लगाएर आत्माहत्या गरेका थिए । उनको शवलाई हाल टिचिङ अस्पतालमा पोस्टमार्टमको लागी राखेको चलचित्र पत्रकार सानुकाजी श्रेष्ठले जानकारी दिए ।

Sabin-Shakya
शाक्यले आत्महत्या गर्नु अघि परिवारको नामको पत्र भेट्टिएको र त्यसबारे अनुसन्धान भइरहेको बताइएको छ । शाक्य श्रीमती र दुई छोरी र एक छोराको साथमा काठमाण्डौंको गौरीघाटमा भाडामा बस्दै आइरहेका थिए । लामो समय चलचित्र पत्रकारिता गरेका स्व.लाई शाक्यप्रति हार्दिक श्रद्धाञ्जली !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु