परदेशबाट घरदेश सम्झँदै किन रोए दुर्गा विसी (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७४, शुक्रबार

जेठ १२, काठमाडौँ । आफु, आफुलाई जन्मदिने आमा, आफु जन्मेको देश, आफ्ना लालाबाला, आफ्नी जीवनसङ्गीनी, घर गाउँ अनि सम्पुर्ण चिज छाडेर विदेश जाने रहर त कसलाई हुन्छ र ? मुटु गाँठो पारेर, बलिन्द्र धारा आँशु झारेर जबरजस्ती जहाज चढेर सात समुन्द्र पारी जानुको पिडा परदेशी भुमीमा रहेर आफ्नो देश सम्झिरहेका परदेशीलाई मात्रै थाहा हुन्छ ।

Durga bc

सायद स्वदेशमा नै नेपाल सरकारले युवा स्वरोजगारको सुव्यवस्था गरिदिने हो भने कयौं नेपालीहरु यसरी दिन प्रतिदिन परदेशिने थिएनन् होला । तर यसरी सबै दोष सरकारलाई मात्र दिएर पनि हुँदैन, किनकी रोजगारले खोज्दै घरमा आउँदैन हामी आफै अल्छी गर्दै कसै सामु शीर झुकाउन लज्जित भएको कारणले पनि परदेशिन बाध्य छौं । यहि सोचमा परदेशिए पछी पनि त त्यो प्रबासी जिबन कहाँ सहज छ र ? कुनै दुख बिरामी पर्दा न त कसैको साथ हुने, न त आफ्नो पनको आभास नै गर्न सकिने ।

pardesi chhoro-Durga bc

यस्तै कथा व्यथालाई समाहित गरेर तयार पारिएको एउटा घत लाग्दो लोक दोहोरी गीत “परदेशी छोरो” भर्खरै बजारमा आएको छ । दुर्गा विसीको उत्कृष्ट शब्द सिर्जनासँगै चर्चित कलाकार एकनारायण भण्डारीको संगीत सिर्जना रहेको छ । भने गीतमा लोकदाहोरीकी सदाबहार अनि कर्णप्रिय स्वरकी धनि गायिका बिमा कुमारी दुरा र दुर्गा विसीको आवाजमा रहेको छ । गीतले समग्र प्रबासी नेपालीहरुको भाव यस बोलेको छ ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु