पशुपतिको कोशेली क्या उत्तानो पा¥यो (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७२, शुक्रबार

काठमाडौँ । गायक पशुपति शर्माले गाएका हरेक गीत नेपाली समाजको यथार्थ चित्रण गरेको पाइन्छ । देशको वास्तविक घटनालाई गीतमार्फत सुनाउन सक्ने क्षमताले नै उनले पस्केका हरेक गीत विश्वभरिको नेपाली सांगीतिक बजारमा सुपरहिट हुने गर्दछन् । समसमायिक कथावस्तु पस्केर विशिष्ट स्थान बनाएका पशुपतिले यतिबेला मुलुकको वर्तवान अवस्थाको चित्रण सहितको गीत पस्केका छन् । भुकम्प र नाकाबन्दीका समस्याका कारण मुलुक र मुलुकबासी उत्तानो परेको भन्ने भावको गीत निकालेका छन् । नेपाललाई यो वर्ष अफाप भयो, बैशाख लाग्ने बित्तीकै भुकम्पले मार्यो,त्यस पछाडि नाकाबन्दिले मार्यो । शहर पस्नेलाई गाउँ सार्यो, ग्याँस खोज्नेलाई दाउरामा पार्यो, यस्तै यस्तै पारीरहेको छ सारा नेपालिलाई । जस्ता शब्दभएको उक्त गीतमा पशुपती शर्मासँग यसअघी पनि धेरै पटक सहकार्य गर्दै चर्चा कमाईसकेकी गायिका जानकी तारमी मगरले यस गीतमार्फत पुन आएकीछिन । सनराईज म्युजिकले बजार ब्यबस्थापन गरेको गितमा गायक शर्मा तथा गायिका तारमीको स्वर रहेको छ । गीतमा पशुपति शर्माको लय तथा शब्द रहेको छ । प्राय आफुले गाएका गीतमा आँफै अभिनय गर्ने पशुपती शर्मा र जानकी तारमीले यस गीतमा पनि अभिनय गरेका छन ।

उक्त गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन र छायांकन गरेका छन । भिडियोलाई एकता फिल्मसले निर्माण गरेको छ ।गीत मार्फत गायक शर्मा र गायिका तारमी मगरले ७२ सालले हामी नेपालीलाई धेरै दुस्ख र कष्ट दिएको भएपनी हामीले तेस्को सामना गरेको बताएका छन । अब आउने ७३ सालमा हामी सबैको भलो होस भनि कामना समेत यस गीतमार्फत कलाकारले गरेका छन् ।
भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु