पशुपतितिर किसनराजको भोले बम बम

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७२, आईतवार

शिवरात्रीको छेको पारेर पशुपतिर यतिखेर भोले बम बम भन्नेहरुको भीड लागेको छ । लामा जटा पालेका दाह्री जुँगा लामालामा बनाएकार खरानी घसेका बाबाहरुको भीडसँगै गजडीहरुको पनि धुनी लगाउने दाउमा जम्मा हुँदै छन् । त्यही भीडभित्र गायक किसनराज गुरुङ पनि मिसिएका छन् यतिबेला । गायक किसनराज गुरुङ शिवरात्रिको अवसर पारेर नेपाली सांगीतिक क्षेत्रमा झुल्किएका छन् । आठ बर्ष अघि सांगीतिक क्षेत्रमा सुर नामक एल्बम ल्याएर चर्चामा आएका गायक किसनराज गुरुङ शिवरात्रीको अवशर पारेर हाल सम्मकै छोटो शिवरात्री सम्बन्धि गीत लिएर आएका छन् ।

kishan gurung bhole

गुरुङले आफ्नै शब्द संगीतमा तैयार पारेको यो गीत एक मिनेट बाउन्न सेकेण्डको मात्र रहेको छ । शिव भगवानमा समर्पित भएको, माया प्रेम भन्दा फरक शैलीको गीत भएको र शिवरात्री संगै गाँसिएको रमाईलोपनलाई समेटिएकोले छोटो र मिठो गीत बनाउने कोसिस गरेको गायक किशनराज गुरुङले बताए ।

फोटो पत्रकार नबिन बाबु गुरुङले पशुपति क्षेत्रमा रहेका जोगी बाबाहरुलाई गायकसंगै नचाएर रमाईलो म्युजिक भिडियो समेत तैयार पारेका छन् । नबिनको निर्देशन र छायांकनमा बनेको यस म्युजिक भिडियोलाई प्रविन श्रेष्टले सम्पादन गरेका छन् ।

kishan gurung

गीत छोटो र रमाईलो भए संगै म्युजिक भिडियो पनि रमाईलो बनेको गायक गुरुङले बताएका छन् । लामो समय पछी छोटो गीत लिएर आएकोले दर्शक स्रोताहरुले यो गीतलाई मन पराइदिनु हुने विश्वास आफुले लिएको गायक गुरुङ्ले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु