पश्चिमेली भाकामा नविनले तताए पूर्वी झापाको क्याम्पा बजार

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७४, सोमबार

भाद्र २६, काठमाडौं । पुर्वी जिल्ला झापामा फिल्मका तथा आधुनिक गीतहरु रुचाइन्छन् । हिन्दी गीतहरुको पनि निकै प्रभाव रहेको पाइन्छ । पश्चिमेली भाकाका गीतहरु यो क्षेत्रमा रुचाइंदैन तर यो भन्नु भ्रम रहेछ । पछिल्लो समयमा गायक नविन पौडेलले पश्चिमेली भाकाका गीतहरुमा नै झापाका हजारौं दर्शकहरुलाई नचाउन सफल भएका छन् ।

झापाको साबिक को तोपगाछी क्याम्पा बजारमा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बाढी पिडितको झुपडी निर्माण सहयोगार्थ भुमिका फाउन्डेशनद्वारा आयोजित कार्यक्रममा लोकप्रीय लोक गायक नवीन पौडेलले उपस्थित हजारौं कमल गाउपालिकाबासीहरुलाई धित मरुन्जेल नचाएका छ्न । उनले लोकप्रीय सामाजिक यथार्थपरक गीतहरु गाएर झापाका स्थानिय युवा युवती बृद्द बृद्दा सबैलाई नचाउन सफल भएका छन् ।
बिशेशगरि नेपालको पश्चिम क्षेत्रका गीतहरु मार्फत बर्चस्व कायम गरेका नवीनले पुर्बको झापामा पुगेर पनि यति धेरै जनताको मन जित्न सफल भएका हुन् ।

 

नेपालको मेची देखि महाकाली सम्मका दर्सक श्रोताको मन जित्न सफल स्टेजका पर्याय नवीनले सामाजिक बिषयबस्तुमा आधारित रहेर यथार्थपरक, समयसापेक्ष र रास्ट्रीय भाबनाका गीतहरु निकाल्ने गर्दछन् । उनले पछिल्लो समयमा रेकर्ड गरेको महिला मैत्री गीत ‘फुलेको तोरीलाइ हुर्किएकी छोरिलाइ जोगाउनै गाह्रो’ झापाली दर्सकको अगाडि गाइरहँदा हुटिङ लाउँदै, ताली र सिट्ठी बजाउँदै नविनको प्रस्तुतिलाई झापाली दर्शकहरुले साथ दिइरहेका थिए र उनले गाएको पश्चिमेली भाकालाई नै पूर्वेली दर्शकहरुले रुचाएर वान्स्मोर वान्समोर पनि भनिरहेका थिए ।

यसभन्दा अघि उनका चर्चित गीत हरु हरेक जातजाति छौँ नानाथरी, बुलाकी झुम्काना, यस्तै हुन्छ भन्नेभा, आजैभेट भाको क्याम्पामा आको म परेँ झापाको, दुखका दिन गए, सत्य कुरा बोल्छु लगाएत का दर्जन बढी गीत गायर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष एबम् लोक गायिका भुमिका शाह, गायक हिमाल सागर, नायक रमेश उप्रेती, मोडल रिमा मगर, हास्यकलाकार सुबोध गौतम लगायत स्थानिय कलाकारको प्रस्तुतिले माहोल तातेको थियो । कमल गाउँपालीकाकी अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा सन्चालित कार्यक्रमलाई मोडेल गायक एबम उद्घोषक कृष्ण धमलाले सन्चालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु