पहिलो पट्क धौलागिरी लोकतारा प्रतियोगिता

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७२, बुधबार

अमर खत्री /म्याग्दी


म्याग्दीमा धौलागिरी अञ्चल स्तरीय लोकतारा प्रतियोगिता आयोजना हुने भएको छ । म्याग्दी रमाईलो साँझ बेनीको आयोजना र अमर संसार म्युजिक प्रा.लि.को सहआयोजनामा आगामी माघ महिनामा ‘धौलागिरी लोकतारा प्रतियोगिता–२०७२’ आयोजना गरिएको हो । प्रतियोगिता बारे जानकारी दिन बेनीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका मुल संयोजक ध्रुव जिसिले लोक संस्कृतिको संरक्षण गर्दै नवप्रतिभाको पहिचानका लागि पहिलो पटक अञ्चलका सबै जिल्ला समेटेर धौलागिरी लोकतारा आयोजना गरिएको जानकारी दिए ।

प्रतियोगिता सञ्चालनको लागि साढे ३ लाख खर्च लाग्ने अनुमान गरिएको र विभिन्न निकायबाट सहयोगको अपेक्षा गरिएको संयोजक जिसीले बताए । प्रतियोगिता अन्तर्गत माघ १५ गते कुस्मा, १६ गते बागलुङ र १७ गते बेनीमा पहिलो चरणको अडिसन हुने आर्थिक संकलन उपसमितिका संयोजक अमित विश्वकर्माले बताए । उनका अनुसार, २३ गते बेनीमा प्रतियोगिताको फाईनल हुनेछ । प्रतियोगितामा बिजयी हुनेले नगद रु २५ हजार, ट्रफि र प्रमाणपत्र सहित एउटा एल्बममा स्वर दिने अबसर पाउनेछन् । त्यस्तै उपबिजेता हुनेलाई नगद रु १५ हजार र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ भने सान्त्वना हुने तिन जनालाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।

Dhaulagiri lok tara
प्रतियोगितालाई सफल बनाउनका लागि विभिन्न ५ वटा उपसमिति समेत गठन गरिएको छ । गठित उपसमिति अन्र्तगत प्रचार प्रसार संयोजकमा अमर खत्री, आर्थिक संकलनमा अमित विश्वकर्मा, बाध्यबाधकमा जितु गुरुङ, उद्घोषणमा सज्जन बोहोरा र कार्यक्रम ब्यवस्थापनको संयोजकमा दिनेश पुन र लक्ष्मण शर्मालाई चयन गरिएको छ भने प्रमुख सल्लाहकारमा वेद बहादुर जिसीलाई चयन गरिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु