पहिलो मिस नर्स नेपाल २०७० उपाधी ज्वाला पौडेललाई

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७०, आईतवार

काठमाडौं, १२ माघ । ओम हेल्थ क्याम्पसकी ज्वाला पौडेल पहिलो मिस नर्स नेपाल बन्न सफल भएकी छिन् । नेक्स्ट मोडल नेपाल र स्वास्थ्य खबरपत्रिकाले नेपालमा पहिलो पटक आयोजना गरेको प्रतियोगितामा ३२ जना प्रतिस्पर्थी बिच पौडेलले ‘मिस नर्स २०७०’ को उपाधि हात पारेकी हुन् ।
राजधानीको सभागृहमा शनिवार ओयिजत कार्यक्रममा पौडेलले मिस नर्स सहित मिस फोटोजेनिकको उपाधि समेत हात पार्न सफल भएकी छिन् । ओम हेल्थ क्याम्पसमा अध्ययनरत पौडेलले मिस नर्सको ट्रफी, प्रमाणपत्र सहित ६० हजार रुपियाँ नगद पुरस्कार पाएकी छिन् भने अष्ट्रेलिया अध्ययनका लागी छात्रवृत्ति समेत पाउने भएकी छिन् ।
उपाधि हात पारेपछी पौडेलले बिरामीको सेवाका लागी आफुलाई थप हौसला र प्रेरणा मिलेको बताइन । उनले सौन्दर्य प्रतियोगिताको माध्यमबाट नेपाली समुदाय राम्रोसँग बुझ्नै मौका मिलेकाले आगामी दिनमा गरिब नेपालीको उपचारका लागी थप बढी मिहेनत गरेरका काम गर्ने जनाइन् ।
प्रतियोगितामा नर्भिक इन्स्ट्च्यिुट अफ नर्सिङमा अध्ययनरत सपना ढकालले फस्ट रनर अप र अल्का इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययरनत कृती श्रेष्ठले सकेन्ड रनर अपको उपाधि हात पारेका छन् । फस्ट रनरअपले ४० हजार र सेकेन्ड रनरअपले २० हजार पुरस्कार पाएका छन् । सेकेन्ड रनरअप श्रेष्ठले मिस सोसल वर्करको समेत उपाधि हात पारेकी छिन् ।
बिजेताले पाएको नगद पुरस्कार नेपालकै नर्सिङ जननी पहीलो तालीम प्राप्त नर्स नामु अमात्यका नाममा उहाको परीवार ले समर्पन गरेको हो ।
यसैगरी, प्रतियोगितामा विमला धमला मोष्ट ट्यालेन्ट, प्रियंका कार्की वेष्ट वर्क, भारती लिम्बु मोष्ट पपुलर, वेष्ट फिट नर्स शसी आचार्यरिया कार्की मिस ब्यूटिफुल, सुजिता पाण्डे बेस्ट स्माईल, सुरुची खड्का मोष्ट डिसिप्लेन, निकिता लिम्बु बेष्ट हेयर, सोना भण्डारी बेस्ट स्कीन, अरुणा श्रेष्ठ बेष्ट पर्सनालिटी, र सिजल श्रेष्ठले बेष्ट ड्«ेसको उपाधि पाएका छन् ।
बिरामीको सेवामा लागिरहेका नर्सहरुलाई पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन मिस नर्स नेपालको आयोजना गरीएको नेक्सट मोडल नेपालका प्रमुख रवि धमलाले बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु