पाकिस्तानी गायक अमजाद साब्रीको गोली हानी हत्या

म्यूजिक खबर
प्रकाशित: ९ असार २०७३, बिहीबार

पाकिस्तानका प्रसिद्ध सुफी गायक अमजाद साब्रीलाई एक अज्ञात समूहले बुधबार गोली हानी हत्या गरेको छ । मोटरसाइकलमा आएका आक्रमणकारीले कराँचीको लियाकताबाद इलाकामा कारमा आफन्तसँग सडकमा हिंडिरहेका बेला आक्रमण भएको प्रहरी अधिकृत फारुक सन्जारनीले एएफपीसँगको कुराकानीमा बताउनुभयो । पैतालिस वर्षीय गायक अमजाद साब्रीमाथि पाँच गोली प्रहार गरिएको थियो ।

16062328pk

गोली लागि घाइते भएका उहाँलाई स्थानीय अब्बासी सहिद अस्पतालमा उपचारका लागि पु¥याइए पनि अस्पताल पुगेको केही क्षणमै मृत घोषणा गरिएको थियो । साब्रीसँगै कारमा यात्रारत आफन्त सलिम साब्रीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु