पागल पागल भन्दैछिन् नित्याशिवा (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७२, सोमबार

गायिका नित्याशिवा यतिबेला ‘पागल पागल’ भनेर चर्चामा आइरहेकी छिन् । उनले अरु कसैलाई पागल भनेर गाली गलौज गरेकी भने होइनन् । मुना बस्नेतको शब्द, गणेश चौधरीको संगीतमा नित्याशिबाले गीत मार्फत ‘पागल पागल’ भनेकी हुन् । उक्त गीतलाई निर्दैशक शंकर अधिकारी घायलले फरक शैलीमा निर्देशन गरेका छने । पृथक लोकेशन र बाताबरणमा दुर्गेश थापा र झरना ले अभिनय गरेको उक्त म्यूजिक भिडियोमा रामेश्वर हुमागाइ को छायांकन , प्रदिप ज्ञवाली को नृत्य रहेको छ । त्यस्तै टि टाइम म्यूजिकले बजारमा ल्याएको उक्त गीतलाई युबराज खत्रीले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु