पाठकको देशभक्ति गीत ‘देश खोक्रो पारे’ बजारमा (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७६, मंगलवार

काठमाडौं । बिगत धेरै समय देखि गीत सगींतको क्षेत्रमा लागी रहेका गायक दिपक पाठकले एउटा देशभत्ति ‘देश खोक्रो पारे’बोलको लिएर बजारमा आएका छन ।

कोही छौंकी देशलाइ माया गर्ने रु कोही छौंकी देशको लागी मर्ने रु जस्ता मार्मिक तथा देशभत्ति शब्दहरुले यस गीतलाइ झनै उत्कृष्ठ बनाएको छ ।

नेपालमा रहेको कालापानी भागलाइ भारतले आफ्नो नक्सामा राखेपछि अहिले नेपालीहरु आन्दालीत छन । त्यही देशलाइ बचाउन हामी उठन पर्छ र हाम्रो देश नेपालका सिमानाहरु कालापानी र नातापानीहरु जुन सुकै भए पनि अरु देशलाइ दिन हुन्न जस्ता भावका साथ गायक तथा संगीतकार दिपक पाठकले ‘देश खोक्रो पारे’बजारमा ल्याएका छन ।

देश बचाउने जिम्मा लिएका नेताहरुले नै देशलाइ बेचेकाले अब हामी जन्ता देश बचाउन उठनु पर्ने कुरा गायक दिपक पाठकले यस गीत मार्फत सम्पुर्ण नेपाली जनताहरुलाइ आह्वान गरेका छन ।

उक्त गीतमा शब्द÷लय र स्वर दिपक पाठकको रहेको छ भने पुरुषोत्तम सुवेदीको सगींत सयोंजन रहेको छ । प्रमोद प्रसाइको मिसिङ र मास्टरिङ रहको उक्त गीतलाइ रिदम कन्डेले रेकड गरेका छन ।

भिडियो प्रमोड प्रसाइले घिचेका छन भने उक्त गीत नाड रेर्कडिङ स्टुडियोबाट रेकड गरिएको हो । उक्त गीतमा अभिनय गायक दिपक पाठककै रहेको छ ।

‘नेताहरुले आफ्ना ब्याक्तिगत स्वार्थको लागी देश बेचेपनि अब हामी जनताले देशलाइ बनाउनु पर्छ किनकी हाम्रो देश नेपाल भएमात्र हामी नेपाली रहन्छौ नत्र हाम्रो नेपाली पन रहन्न’गायक तथा संगीतकार दिपक पाठकको यस गीत भित्र भेटाउन सकिन्छ । यो गीत दिपक पाठक युट्युब च्यानलबाट बजारमा आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु