पानीघट्टामा काम गर्दै रञ्जिता

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७१, बिहीबार

काठमाडौं, १८ बैशाख । मोडलको रुपमा कुनै बेला चर्चाको शिखरमा पुगेकी रञ्जिता गुरुङ एकाएक सन्तानकी आमा भएपछि हराएकी थिइन् । उनी सन्तानको स्याहारमा लागेकी होलिन् भन्ने सबैको अनुमान भए पनि पानीघट्टामा काम गर्न थालेको भने बल्ल थाहा भो । आजभोलि रञ्जिता पानीघट्टामा काम गर्न थालेको तस्वीरले फेसबुकमा छाइरहेको छ । मोडलिङबाट हराउने भइन् भन्ने चिन्ता गरिरहेको बेलामा उनीको तस्वीरलाई लाइक र कमेन्ट गर्नेहरुको भीड लागिरहेको छ ।
पानीघट्टामा काम गर्न थालेकी रञ्जिता वास्तवमा तिर्सना म्यूजिकको प्रस्तुतिमा निर्माण भइरहेको म्यूजिक भिडियोबाट पुनः कलाकारितामै फर्किएकी हुन् । खुमन अधिकारीको लयमा तयार भएको जहाँ भएनी सम्झेरै रुन पाइयाछको शब्द भने बाबुराम बोहराले लेखेका हुन् । विष्णु माझी र खुमन अधिकारीको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियोलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरिरहेका छन् । शम्भु चालिसेको छायाँकनमा खिचिएको उक्त म्यूजिक भिडियोमा बाबुराम बोहरा र रञ्जिता गुरुङको अभिनय रहेको छ । अब चाँडै बजारमा ल्याउन लागिएको जहाँ भएनी रुन पाइयाछबाट रञ्जिता गुरुङलाई मोडलिङमा पुनरागमन गरिएको हो ।

Ranjita Gurung (7) Ranjita Gurung (6) Ranjita Gurung (5) Ranjita Gurung (4) Ranjita Gurung (3) Ranjita Gurung (2) Ranjita Gurung (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु