
काठमाडौं । गायक सरोज सजन श्रेष्ठले पहिलो गीत पापिनीको सफलतापछि मायालुको देश लिएर आएका छन् । प्रकाश क्षणिकको शब्द र कल्याण सिंहको संगीत रहेको उक्त गीतको भर्खरै म्यूजिक भिडियो पनि निर्माण गरिएको छ ।
संचारकर्मी मोहनराज अधिकारीले निर्देशन गरेका छन् । फर्पिङको वरिपरिको विभिन्न दृश्यलाई कैद गरिएको उक्त म्यूजिक भिडियोलाई अमृत सुनुवारले खिचेका छन् । उक्त भिडियोमा गायक स्वयम्ले अभिनय गरेका छन् भने उनका साथमा आर्जु खरेल ले आभिनय गरेकी छिन् ।