पारसमणि बरालको ‘पारसमणी–३’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३१ चैत्र २०७३, बिहीबार

चैत ३१, काठमाडौं । गायक तथा गीतकार पारसमणि बरालको नयाँ गीति एल्बम पारसमणि–३को विमोचन गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा संगीतकार शक्ति बल्लभ, गायक सुमित खड्का, गीतकार पारसमणी बराल, हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौला, सञ्चारकर्मी मनोहरि थापा, निर्देशक नरेन्द्र श्रेष्ठ लगायतले विमोचन गरे ।

एल्बममा ‘तिमीलाई बाटो छेकी रुवाएको’, ‘तिम्रो प्रेमको माला लाउँदा’, ‘हत्केलामा कोरिएका भाग्यरेखालाई’, ‘गहभरी आँशु आए’, ‘बुझ्नेलाई बुझाउन इसारा नै काफी’, ‘तिमी वर म चाहिँ पर कुन ठाउँ घर’, ‘आफ्नै माया बिर्सिएर’, बोलका गीतहरु समेटिएका छन् । गीतमा सुमितसँगै पारसमणि र शक्ति बल्लभको पनि स्वर छ ।Parashmani- Sumit Khadka
कार्यक्रममा गायक सुमितले डान्सिङ बिटको ‘तिमी वर म चाहिं पर कुन ठाउँ घर’ बोलको गीत गाएर उपस्थित व्यक्तित्वहरुलाई नाचुँ नाचुँ बनाएका थिए भने गायक सुमित, संगीतकार शक्तिबल्लभ र रचनाकार पारसमणीको आवाजमा रहेको ‘आफ्नै माया बिर्सिएर’ बोलको कर्णप्रिय गीतलाई पनि गाएर सुनाइएको थियो ।Deepa shree niraula- Sumit Khadka सञ्चारकर्मी मनोहरि थापा, गीतकार संघका अध्यक्ष चुँडामणी देबकोटा लगायतले पारसमणी–३लाई सफलताको शुभकामना दिएका थिए । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले रोमाञ्तित शैलीमा एल्बमलाई शुभकामना दिएकी थिइन् । उनले ‘पारसमणी–३’ लाई श्रोताल मनपराउने विश्वास व्यक्त गरिन् । संगीतकार बल्लभले पारसमणिका अघिल्ला झैं नयाँ एल्बममा पनि कर्णप्रिय गीत रहेको बताए ।

एल्बमको उत्पादन, बितरण तथा बजार व्यवस्थापनको जिम्मा स्पार्क इन्टरटेन्मेन्टले लिएको छ । कार्यक्रमलाई गीतकार तथा कानुनव्यवसायी श्याम रोक्काले सञ्चालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु