पारिश्रमिकबाट काफ्लेले दिए गीतकार र संगीतकारलाई रोयल्टी

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७३, बिहीबार

माघ १३, काठमाण्डौ । गायक कृष्ण काफ्लेले महोत्सव एवं विभिन्न सांस्कृतिक कार्यक्रममा जाँदा स्टेजमा गाइएको गीतका गीतकार र संगीतकारलाई १५–१५ प्रतिशत रकम रोयल्टी स्वरुप दिएका छन् । भर्खरै दाङमा भएको कार्यक्रमबाट फर्किएपछि देखन चम्पा सुनन चम्पाका गीतकार शान्तिप्रिय र संगीतकार दीपक शर्मालाई आफ्नो पारिश्रमिकबाट १५–१५ प्रतिशत रकम छुट्याएर रोयल्टी दिएका छन् ।

krishna

चर्चाको शिखरमा रहेका गायक गायिकाहरुले आफूले गाएको गीतको संगीतकार र गीतकार बिर्सिसकेको अवस्थामा काफ्लेले भने गीतकार र संगीतकार बिना आफू स्टेजमा प्रस्तुत हुन नसक्ने बताउँदै रोयल्टी दिएका हुन् । स्टेजमा गएर गीत गाएवापत कुन कुन गीत गाइयो ती गीतका संगीतकार गीतकारलाई आफूले पारिश्रमिकबाट आएको रकम रोयल्टी स्वरुप छुट्याएर दिने उनले बताए । पछिल्लो समय पिक्चर हिट, देखन चम्पा जस्ता चर्चित गीतबाट मुलुकका विभिन्न ठाउँमा भएका कार्यक्रममा व्यस्त हुँदै आएका गायक काफ्लेले सिर्जना प्रयोगवापत सबैले रोयल्टी तिनुपर्ने दाबी गरे । गायक काफ्लेले भने – यो मेरो चर्चा कमाउने बाटो भनेर कसैले पनि नसोचिदिनुहोला । कसैको सिर्जना प्रयोग गरेवापत रोयल्टी तिर्नु कानूनी अधिकार हो । मैले गीत गाउँदा पारिश्रमिक लिएर गाएको छु भने त्यही गीत प्रयोग गरेवापत रोयल्टी तिर्नु मेरो दायित्व हो ।’

dipak_krishna

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु