पार्वतीको बबाल (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७२, सोमबार

गोपीकृण्ण चापागाई


काठमाडौं । यसवर्षको तिज आउन अझै डेढ महिना भन्दा बढि समय छ । बजारमा तिजका गीतहरु दिनप्रति दिन आईरहेका छन् । यसैक्रममा पार्वती राईले पनि तिजको अवसरमा बबाल गरेकी छिन् । तर चार दिनमै उक्त तिज गीतले बबाल गरेको देखिन्छ । किसन गाहा मगर र सुस्मिता गुरुङ्गको स्वरमा रहेको अहिलेको तिजमा बबाल भो बोलको गीतले तिज अगाडि नै युट्युवमा बबाल गरेको भन्न सकिन्छ ।

new teej song 2072 7
यसअर्थमा यस गितलाई बुझ्दा तिज सकिएपछि बबाल भयो भन्ने बुझिन्छ तर करिब दुई महिना अघि नै बनेको यो गीतले तिज आउन लामो समय रहँदा नै बबाल गरेको छ । चर्चित मोडल पार्वती राईको उत्कृष्ट नृत्यले गर्दा पनि युट्युवमा छोटो समयमै धेरै दर्शकले मन पराएका छन् । यो समाचार तयार पार्दा सम्म यस गीतलाई युट्युवमा ५३ हजार पटक हेरीएको छ । यस अर्थमा पनि तिजको बेलासम्म यस गीतले अझ बबाल गर्ने देखिन्छ ।
गीत चर्चित बन्दै गएको बेला आर्टिस्ट खबरले गीतका निर्देशक मिलन कार्कीसँग छोटो कुराकानी गरेको छ । हामीले निर्देशक कार्कीलाई तिज गीत बजारमा ल्याईसक्नु भएछ, छोटो समयमा यसरी लोकप्रिय बन्छ जस्तो लागेको थियो भन्ने प्रश्नमा निर्देशक कार्कीले ‘हुन त तिज आउन अझै पनि डेढ महिना भन्दा बढि नै छ तर पनि डेढ महिना भनेको खासै लामो समय पनि होइन सबै दर्शक तथा स्रोताले सुन्नु प¥यो त्यसकारण पनि एककान दुईकान मैदान होस भनेर थोरै अगाडि रिलिज गरेका हौं । दर्शकले माया गरीदिनुभएको छ अझै माया गरिदिनुहुनेछ भन्ने आशा गरेको छु ।

new teej song 2072 8

गायक किसन गाहा मगरले पनि आफुले सक्दो राम्रो गरेर यस गितमा स्वर दिएको बताएका छन् । उनले अहिलेसम्म दर्जन लोकगीत गाईसकेका छन् । गीतमा लय शब्द पनि किसन गाहा मगर कै रहेको छ । गीतको भिडियो निर्माण परेली फिल्म प्रा.लिले गरेको हो भने उत्पादक तथा बितरण सम्मुनत समाज म्युजिक प्रा.लि.ले गरेको हो । छायांकन सागर गौतमले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु